logo

बिमा कम्पनीले विभिन्न शीर्षकमा गरे ४ खर्ब ६१ अर्ब लगानी

    1306   पटक पढिएको

६ चैत /अर्थ र व्यापार – जीवन, निर्जीवन र पुनर्बिमा कम्पनीहरुले विभिन्न १६ वटा शीर्षकहरुमा खर्बौं रुपैयाँ लगानी गरेका छन् । जीवन तथा निर्जीवन र दुई पुनर्बिमा कम्पनीहरुले बैंकहरुको मुद्दती निक्षेप, सेयर बजार, सरकारको ऋणपत्र र ऊर्जामा गरी कुल ४ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ लगानी गरेका हुन् ।
विभिन्न बिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा सबैभन्दा बढी रकम जम्मा गरेका छन् । मुद्दती निक्षेपमा बिमा कम्पनीहरुको ३ खर्ब ४९ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको बिमा समितिले जनाएको छ ।
समितिका अनुसार यस्ता बिमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत नै मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज हो । हालसम्म सेयर बजारमा मात्रै ७८ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको साधारण सेयरमा कम्पनीले १० अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधानअनुसार सो रकम बराबरको सेयर खरिद गरेका हुन् ।
बिमा ऐनले बिमा कम्पनीहरुलाई विभिन्न १६ वटा क्षेत्र तोकेर लगानी गर्न पाउने व्यवस्था गरेको छ । सोही ऐन अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । जसअनुसार हालसम्म सो क्षेत्रमा २९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् ।
यसैगरि, समितिले नेप्सेमा सूचीकृत कम्पनीको डिबेन्चरमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार हालसम्म उक्त क्षेत्रमा २५ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् ।
म्युचअल फन्ड र नागरिक लगानी कोषमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थाअनुसार हाल सम्म १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ र संस्थापक सेयरमा ११ अर्ब ३१ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको सेयरमा समेत कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
संकलित रकम एउटै क्षेत्रमा लगानी हुँदा कम्पनीको जोखिम बढ्ने भएकाले मापदण्ड तोकेको बिमा समितिको भनाइ छ । ऐनबमोजिम बढी लगानी भए त्यस्ता कम्पनीलाई कारबाहीसमेत गरेको समिति बताउँछ ।
यस्तै कम्पनीहरुले सरकारको बचतपत्रमा पनि ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । उक्त क्षेत्रमा कम्पनीले झन्डै ४५ अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमा मेटलाइफ एउटैले बचतपत्रमा मात्रै १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
यसबाहेक वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म राख्न पाउने व्यवस्था छ । जसमा सबभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८५ अर्ब रुपैयाँ लगानी गरेको समितिले जनाएको छ । त्यस्तै पूर्वाधारका क्षेत्रमा मुद्दती निक्षेपअन्तर्गत ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
तर, उक्त क्षेत्रमा ५ वटा कम्पनीले २५ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । त्यस्तै घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थाअनुुसार नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै ३६ करोड रुपैयाँ लगानी गरेको छ ।
सूचीकृत पब्लिक कम्पनीहरुको सेयरमा १० प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकको अग्राधिकार सेयरमा २० प्रतिशत, डिबेन्चरमा २०, कृषि पर्यटन तथा जलस्रोतलगायतका क्षेत्रमा २०, म्युचअल फन्ड र नागरिक लगानी कोषमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था बिमा ऐनमा छ ।
यस्तै ‘ख’ वर्गका बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत र अन्य सूचीकृत नभएका पब्लिक लिमिडेट कम्पनीको सेयर, संस्थापक सेयर र अन्य क्षेत्रमा लगानी गर्न पाउनेसमेत व्यवस्था ऐनले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।