logo

लगानी बोर्डले स्वीकृत गर्यो १० खर्ब लगानी

अझै एकदर्जन आयोजना पाइपलाइनमा

    1302   पटक पढिएको

२ चैत/अर्थ र व्यापार – ठूला परियोजनाहरुमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म विभिन्न ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।
बोर्डले जलविद्युत्, सिमेन्ट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक, लजिस्टिक लगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो । ६ अर्ब रुपैयाँमाथिको लगानी बोर्डको क्षेत्राधिकारमा पर्छ । बोर्डमा एक दर्जन आयोजना अझै पाइपलाइनमा छन् ।
बोर्डले माथिल्लो तमोर आयोजनाका लागि ६३ अर्ब ७२ करोड, मनाङ मस्र्याङ्दी आयोजनाका लागि ३३ अर्ब ४१ करोड, जुमखोला आयोजनालाई १० अर्ब ५३ करोड, अरुण तेस्रो आयोजनाको पुँजी वृद्धिका लागि ६२ अर्ब २६ करोड र डाबर नेपाल क्षमता विस्तारका लागि ९ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको जनाएको छ ।
यसैगरि, अरुण तेस्रोमा १ खर्ब ४४ अर्ब, माथिल्लो त्रिशूली–१ मा ७३ अर्ब १५ करोड, माथिल्लो कर्णालीमा १ खर्ब १५ अर्ब, माथिल्लो मस्र्याङ्दी–२ मा ७८ अर्ब ३० करोड, होङ्सी सिमेन्टमा ३७ अर्ब ३५ करोड, फोहोरबाट ऊर्जा उत्पादन गर्ने आयोजना धरान २४ करोड, हुवासिन सिमेन्टको १४ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।
नेपाल चाइना फ्रेन्डसिप इन्डिस्ट्रियल पार्कको ६४ अर्ब ९० करोड, गाडी उत्पादनको एसम्ब्ली प्लान्ट राख्न १० अर्ब ५४ करोड, दाङ सिमेन्टको ३२ अर्ब ५० करोड र सम्राट सिमेन्टको १५ अर्ब ६ करोड रुपैयाँ र १२०० मेगावाटको पश्चिम सेती एसआर–६ का लागि १ खर्ब ५६ करोड ८० अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
यो सबै रकम विदेशबाट भित्रिन लागेको हो । यस्तै बोर्डले स्वीकृत गरेकोमध्ये होङ्सी, शिवम् सिमेन्टले उत्पादन गरिरहेको छ । उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ भने क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी थालेको छ । हुवासिन सिमेन्ट नारायणीले पनि परीक्षण उत्पादन गरिरहेको छ ।
९०० मेगावाटको अरुण तेस्रो आयोजनाको काम आधा सकिएको छ । २ वर्षभित्र अरुण तेस्रो आयोजनाको काम सक्ने लक्ष्य छ । यसैगरी, बोर्डले आगामी ५ वर्षमा ११ खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित तयार पारेको छ । यसका लागि बोर्डले ५ वर्षे व्यावसायिक योजना (०७८–०८२) रणनीतिक योजना सार्वजनिक गरिसकेको छ । रणनीतिक योजनाले ५ वर्षमा ११ खर्ब (१० अर्ब अमेरिकी डलर) बराबरको लगानी स्वीकृत गर्ने, ७ खर्ब रुपैयाँ (६ अर्ब अमेरिकी डलर) बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ ।
यी बाहेक बोर्डसँग मुक्तिनाथ केवलकार, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौैं बाहिरी चक्रपथ, मल्टिमोडल लजिस्टिक पार्क, धुलिखेल मेडिसिटी, एयरपोर्ट लगायत ठूला परियोजनाहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।