logo

कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागको माइकिङ 

    2251   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार– महानगरलाई कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले बुधबार माइकिङ गरेका छन् ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले महानगरलाई कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा माइकिङ् गर्नुका साथै शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको हो ।

टोलीले आज वडा एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स, काठमाडौँ इञ्जिनियरिङ कलेज, नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।

गएको असार १६ गते कर तिर्न आउनका लागि विभागले ३० दिने सार्वजनिक सूचना जारी गरि कर तिर्न दिएको म्याद साउन १५ गते सकिँदैछ ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पर्कमा ल्याउन धेरै प्रयास गर्दा पनि विवरणसम्म नबुझाएको बताए । उनले कुल २० करदातामध्ये एनआरटी क्लव, काठमाडौं इञ्जिनियरिङ कलेज, देवेन्द्र श्रेष्ठ मात्र सम्पर्कमा आएको जानकारी दिए ।

विभागका प्रमुख डा.अधिकारीले करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठीन भएपनि करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको जानकारी दिए ।

महानगरलाई कर नबुझाउने अन्य करदाताहरुमा मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, देवेन्द्र श्रेष्ठ, आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एलआरआई स्कूल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल हुन् ।

यसैगरी, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ लिमिटेड, स्टार मल र गोपालजी प्रपर्टिज प्रालि.रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।