logo

कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागको माइकिङ 

    2583   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार– महानगरलाई कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले बुधबार माइकिङ गरेका छन् ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले महानगरलाई कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा माइकिङ् गर्नुका साथै शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको हो ।

टोलीले आज वडा एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स, काठमाडौँ इञ्जिनियरिङ कलेज, नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।

गएको असार १६ गते कर तिर्न आउनका लागि विभागले ३० दिने सार्वजनिक सूचना जारी गरि कर तिर्न दिएको म्याद साउन १५ गते सकिँदैछ ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पर्कमा ल्याउन धेरै प्रयास गर्दा पनि विवरणसम्म नबुझाएको बताए । उनले कुल २० करदातामध्ये एनआरटी क्लव, काठमाडौं इञ्जिनियरिङ कलेज, देवेन्द्र श्रेष्ठ मात्र सम्पर्कमा आएको जानकारी दिए ।

विभागका प्रमुख डा.अधिकारीले करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठीन भएपनि करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको जानकारी दिए ।

महानगरलाई कर नबुझाउने अन्य करदाताहरुमा मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, देवेन्द्र श्रेष्ठ, आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एलआरआई स्कूल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल हुन् ।

यसैगरी, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ लिमिटेड, स्टार मल र गोपालजी प्रपर्टिज प्रालि.रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।