logo

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाकाबाट १८ अर्ब ३४ करोड भन्दा बढीको आयात

चीनमा निर्मित सवारी साधानको आयातमा उल्लेख्य वृद्धि

    2027   पटक पढिएको

७ साउन/अर्थ र व्यापार– नेपालको उत्तरीनाका रसुवागढीबाट आर्थिक वर्ष २०७७/७८ कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ । 

प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आयातित सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार राजश्व संकलन भएको बताए । 

अघिल्लो आवमा आठ अर्ब २७ करोड ४५ लाख असुली भएकोमा गत आवमा कोरोना महामारीको कारण आयात परिमाण न्यून हुँदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा चीनमा निर्मित सवारी साधानको आयातमा भने उल्लेख्य वृद्धि भएको भन्सार कार्यालय रसुवाले जनाएको छ । 

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत आवमा सामान बोक्ने ठूला टिपर १३०, किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, ३० सिट क्षमताको चार वटा विद्युतीय बस, एम्बुलेन्स पाँच, जिप, ५० कार र भ्यान नेपाल भित्रिएको बताए ।

आयात भएका अन्य सामग्रीमा स्वास्थ्यका सामग्री, तयारी पोशाक, जुत्ता तथा चप्पल, ब्याग, मोबाइलका ब्याट्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको रसुवा भन्सार कार्यलयले जनाएको छ ।

त्यसैगरी, नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणको समेत आयातमा बृद्धी भएको छ ।

विगतमा दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको रसुवा भन्सार कार्यलयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।