logo

राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत, खर्च लक्ष्यको ८० प्रतिशत मात्रै

    1576   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– सरकारले आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत मात्र संकलन गर्न सकेको छ । भने खर्च पनि ८० प्रतिशत मात्रै गर्न सकेको छ । 

१४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्य लिएको सरकारले ११ खर्ब ८० अर्ब मात्रै खर्च गरेको हो । यो लक्ष्यको ८० प्रतिशत मात्रै खर्च हो । चालु शीर्षकमा ८ खर्ब ५१ अर्ब खर्च भएको छ । विकास खर्च २ खर्ब २८ अर्ब मात्रै खर्च भएको छ ।   

खर्च र राजस्व असुलीको लक्ष्य भेट्न नसकेको सरकारले भन्सार असुली भने १०१% ले संकलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि लक्ष्य नाघेको छ ।

भन्सार असुलीतर्फ लक्ष्यभन्दा सवा तीन अर्ब रुपैयाँ धेरै संकलन भएको छ । गतवर्ष सरकारले भन्सार विभागले ४ खर्ब ४० अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ४ खर्ब ४३ अर्ब २६ करोड संकलन भएको छ । 

यस्तै आन्तरिक राजस्वमा ४ खर्ब २७ अर्ब राजस्व संकलन भएको छ । विभागले राखेको असुली लक्ष्यको यो ९५.३ प्रतिशत मात्रै हो । गत आवमा भन्सार र आन्तरिक राजस्व गरी ८ खर्ब ७० अर्ब ११ करोड रुपैयाँ उठेको छ । 

विभागले गत वर्ष ४ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । आयकर २ खर्ब १० अर्ब लक्ष्यमा १ खर्ब ९५ अर्ब असुली भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।