logo

वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व उठायो

    2795   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार– वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ।

भन्सारले कात्तिक महीनाका लागि साढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा उक्त लक्ष्य पुरा गरेको हो।

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले बन्दाबन्दी र निषेधाज्ञा हटेपछि आयातनिर्यातमा बृद्धी भएसँगै कात्तिक महीनामा १३ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको बताए ।

भन्सार अधिकृत सुकमनीले पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ऋणात्मक भए पनि कात्तिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको बताए ।

अधिकृत सुकमनीले तयारी कपडा, भटमासको कच्चा तेल, एचआरसीटजस्ता वस्तुको आयात बढेको जानकारी दिए ।

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिका लागि वीरगञ्ज भन्सारले लिएको राजस्व लक्ष्य भने पूरा भएको छैन ।

चालू आर्थिक वर्षको भदौ र असोजमा लक्ष्यअनुसार राजस्व नउठ्दा भन्सारको चौमासिक प्रगतिमा नकारात्मक प्रभाव परेको भन्सारले बताएको छ । साउनदेखि असोजसम्म लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्षको पहिलो महीनामा भने भन्सारले लक्ष्यभन्दा करीब २२ प्रतिशत बढी राजस्व उठेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

यो ४ महीनामा वीरगञ्ज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँको लक्ष्य पाएको थियो । यो अवधिमा ४३ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । यो रकम लक्ष्यको ९५ प्रतिशत हो ।

चालू वर्षको समीक्षा अवधिका लागि राजस्व लक्ष्य नै ६ अर्ब रुपैयाँले घटाइएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा वीरगञ्ज भन्सारले लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।