logo

सुनको भाउ एकै दिन तोलामै ४ हजार रुपैयाँ घट्यो, चाँदीको पनि ५५ रुपैयाँ घट्यो

    808   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा रहेको अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक भइसक्दा एकै दिन छापावाल सुनको मुल्य नेपाली बजारमा प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम के कस्तो आउने भन्ने अन्योलकाबीच धमाधम सुन खरिदमा लगानी गरिरहेका उपभोक्ता सो निर्माचनको मतपरिणाम सार्वजनिक भएर ट्रम्प राष्टपतिमा पुनः निर्वाचित भएपछि बिहीबार नेपाली बजारमा एकैदिन यतिधेरै सुनको मुल्य घटेको हो ।
यसदिन नेपाली बजारमा सुनको कारोबार मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यसअघि ३ सय रुपैयाँ बढ्दा बुधबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ भएको थियो । लगातार बढेको सुनको मूल्यमा लामो समयपछि यस्तो गिरावट आएको हो । अघिल्लो दिन मंगलबार पनि सुनको मुल्य घटेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
गत साता मात्र नेपाली बजारमा छापावाल सुनको मूल्य अत्यधिक बढेर नयाँ कीर्तिमान कायम गर्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
बिहीबार चाँदीको मुल्य पनि घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । गत मंगलबार २ हजार ३० रुपैयाँ पुगेको चाँदीको कारोबार मूल्य बुधबार १५ रुपैयाँ घटेर प्रतितोलाको २ हजार १५ रुपैयाँ भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २६ सय ६० दशमलब ११ डलरले कारोबार भइरहेको छ । बुधबार प्रति औंस २७ सय ४१ दशमलब ६८ डलर थियो । चाँदी ३२ दशमलब ३२ डलरबाट घटेर प्रतिऔंस ३१ दशमलब १४ डलर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।