logo

सुनको भाउ प्रतितोला १४०० रुपैयाँले बढ्यो, यो मूल्य हालसम्मकै धेरै

    465   पटक पढिएको


११ कात्तिक/अर्थ र व्यापार – आइतबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै मुल्यको नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको सुनको मुल्य यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २० हजार ७० रुपैयाँ रहेको चाँदीको मुल्य बढेर आइतबार २० हजार ८५ रुपैयाँ पुगेको छ ।

यसअघि चाँदीको मूल्यले गत ७ कात्तिकमा २१ सय ३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा नै सुनको मुल्य बढेकाले नेपाली बजारमा पनि सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च भएको हो । गत शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार एकैदिन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको हो
सुनको मूल्य दसैं बिदा सकिएपछि अर्थात २९ असोज यता गत ८ कात्तिकमा प्रतितोला ७०० रुपैयाँ घटेकामा त्यसको भोलिपल्ट स्थिर रहेबाहेक सबै दिन बढेको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा निरन्तर भाउ उकालो लागेपछि नेपालमा पनि सुन महँगिएको हो। यसदिन चाँदीको भाउ पनि प्रति तोला १५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रति तोला २ हजार ८५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।