logo

सुनको भाउ तोलामै १ लाख ६६ हजार ७ सय पुग्यो

    397   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – सुनको भाउ अत्यधिक बढेर तोलामै १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको दिनको तुलनामा बुधबार छापावाल सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि निर्धारण गरेको सुनको भाउ अनुसार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा यसरी एकपछि अर्को नयाँ रेकर्ड बनाउदै गरेको सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २१ सय रुपैयाँ रहेको असल चाँदीको भाउ यसदिन बढेर प्रतितोला २१ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको यो भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि छापावाल सुनको भाउले दैनिक लगातार एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएपछि सोही अनुसार नेपाली बजारमा पनि सुनचाँदीको मुल्य बढेको महासंघले जनाएको छ । अहिले प्रमुख दुई कारणले सुनको भाउ बढाएको महासंघले जनाएको छ । महासंघका अनुसार पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण यसरी सुनको मुल्य अकासिएको हो ।
जब विश्वबजारमा अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको हुनसक्ने अनुमान सम्बन्धीत सरोकारवालाहरुले गरेका छन् । यसैगरी, अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनीहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।