logo

सुनको मुल्य बढेर नयाँ रेकर्डमा, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

    830   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – निरन्तर बढेको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएर नयाँ रेकर्ड बनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार र शनिबारको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको मुल्य हरेक दिन बढिरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको थियो । यसरी दैनिक मुल्य बढ्दा नेपाली उपभोक्ता निकै महंगोमा सुन खरिद गर्न बाध्य भएका छन ।
लगातार बढेको मुल्यपछि अहिले तयारी गहनाको मूल्य पनि ज्याला जर्ति जोडेर हिसाव गर्दा प्रतितोला झन्डै २ लाख रुपैयाँ पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । यि सबै जोड्दा प्रतितोला छापावाल सुनको तयारी गहनाको मुल्य झन्डै २ लाख रुपैयाँ पुगेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार निर्धारण गरे पनि सो मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशतसम्म शुल्क जोड्दै आएका छन् ।
यसैगरी, अघिल्लो दिनको भन्दा चाँदीको मूल्यमा पनि आइतबार प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रहेको थियो । विशेषगरि, अमेरिकी बजारले सुनको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै बजार निर्धारण गर्छ । सोही बजारको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।