logo

सुनको मुल्य बढेर नयाँ रेकर्डमा, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

    436   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – निरन्तर बढेको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएर नयाँ रेकर्ड बनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार र शनिबारको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको मुल्य हरेक दिन बढिरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको थियो । यसरी दैनिक मुल्य बढ्दा नेपाली उपभोक्ता निकै महंगोमा सुन खरिद गर्न बाध्य भएका छन ।
लगातार बढेको मुल्यपछि अहिले तयारी गहनाको मूल्य पनि ज्याला जर्ति जोडेर हिसाव गर्दा प्रतितोला झन्डै २ लाख रुपैयाँ पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । यि सबै जोड्दा प्रतितोला छापावाल सुनको तयारी गहनाको मुल्य झन्डै २ लाख रुपैयाँ पुगेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार निर्धारण गरे पनि सो मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशतसम्म शुल्क जोड्दै आएका छन् ।
यसैगरी, अघिल्लो दिनको भन्दा चाँदीको मूल्यमा पनि आइतबार प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रहेको थियो । विशेषगरि, अमेरिकी बजारले सुनको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै बजार निर्धारण गर्छ । सोही बजारको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।