logo

फेरि इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो,ग्यास र हवाई इन्धनको मूल्य यथावत्

    647   पटक पढिएको

४ बैशाख/अर्थ र व्यापार – नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले फेरि मूल्य बढाएको हो । निगमले भारतबाट खरिद गर्ने क्रममा नै भाउ भढेको भन्दै यसअघि प्रतिलिटर ४ रुपैयाँ पेट्रोलको मूल्य पढाएको १५ दिनको अवधिमा फेरि यो मूल्य समायोजन गरेको जनाएको छ यसअघि निगमले गत १ अप्रिलमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको थियो । त्यसको १५ दिन नबित्दै अहिले फेरि प्रतिलिटर थप ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।  

निगमले ढुवानी लागत खर्चका आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरी भिन्दाभिन्दै मूल्य तोकेर मुलुकभर इन्धन बिक्रीवितरणको व्यवस्था मिलाउँदै आएको छ । 

सोही व्यवस्थाबमोजिम समायोजन गरिएको नयाँ मूल्यअनुसार यो मूल्य तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालयलगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ । 

यसअघि काठमाडांैमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ थियो । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७७ रुपैयाँ पर्नेछ । 

यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७४ थियो । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ ।  यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा थियो ।

मंगलबारदेखि नै बढाइएको नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दीपालयलगायतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६१ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १ सय ५९ रुपैयाँ थियो । 

यसपालि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यबमोजिम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९६ पैसा बढेको र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेर आएको थियो । यसरी बढेर आएको खरिद मूल्यअनुसार नै निगम सञ्चालक समितिले सोमबार नयाँ मूल्य समायोजन गरेको हो । 

निगम सञ्चालक समितिले हाललाई पेट्रोल, डिजल र मट्टितेलको मूल्यबाहेक खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ । 

यसभन्दा अघि हरेक १५÷१५ दिनमा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गर्दै आएको थियो । अहिले पुनः मूल्य बढेपछि उपभोक्ता थप मारमा परेका छन् ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।