logo

सुनको भाउ एकैदिन २ हजार ४ सय बढेर हालसम्मकै उच्च रेकर्डमा,प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुग्यो

    705   पटक पढिएको


३० चैत/अर्थ र व्यापार – सुनको भाउ एकैदिन २ हजार ४ सय रुपैयाँले बढेर नेपाली बजारमा हालसम्मकै उच्च रेकर्डमा पुगेको छ । अघिल्लो दिन बिहीबार तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुनको मुल्य शुक्रबार फेरि २ हजार ४ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन छापावालसुनको मुल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार असलचाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बढेर शुक्रबार १ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।