logo

एमडीएमएस सिस्टम कार्यान्वयनमा आएसँगै दर्ता नभएका एकलाख रुपैयाँ बढीका मोबाइल बन्द

    827   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका आईफोन १५ सिरिज फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।
प्राधिकरणले आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार मोबाइलमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाएको थियो । तर त्यसमध्ये ८०४ डिभाइस एमडीएमएस प्रणालीमा दर्ता नभएकोले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
यसरी बन्द गरिएका मोबाइलमा नेपाल टेलिकम र एनसेलसहितका नेपाली नेटवर्कका सिम चल्ने छैन । तर मोबाइलमा एप र वाइफाइ भने चल्ने छ । प्राधिकरणले दैनिक रुपमा १ लाख रुपैयाँभन्दा महँगा फोनहरु बन्द गर्दै जाने जनाएको छ ।
प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखि तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।
एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ र अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ तथा साधारण मोबाइलका लागि प्रतिसेट २०० रुपैयाँ राजस्व तिरेर एमडीएमएसमा दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट एमडीएमएस लागु गरेको हो । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो ।
प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ÷छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् । आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ÷छैन भन्ने एमडीएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ ।
अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://mdms.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।