logo

एमडीएमएस सिस्टम कार्यान्वयनमा आएसँगै दर्ता नभएका एकलाख रुपैयाँ बढीका मोबाइल बन्द

    1102   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका आईफोन १५ सिरिज फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।
प्राधिकरणले आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार मोबाइलमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाएको थियो । तर त्यसमध्ये ८०४ डिभाइस एमडीएमएस प्रणालीमा दर्ता नभएकोले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
यसरी बन्द गरिएका मोबाइलमा नेपाल टेलिकम र एनसेलसहितका नेपाली नेटवर्कका सिम चल्ने छैन । तर मोबाइलमा एप र वाइफाइ भने चल्ने छ । प्राधिकरणले दैनिक रुपमा १ लाख रुपैयाँभन्दा महँगा फोनहरु बन्द गर्दै जाने जनाएको छ ।
प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखि तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।
एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ र अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ तथा साधारण मोबाइलका लागि प्रतिसेट २०० रुपैयाँ राजस्व तिरेर एमडीएमएसमा दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट एमडीएमएस लागु गरेको हो । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो ।
प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ÷छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् । आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ÷छैन भन्ने एमडीएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ ।
अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://mdms.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।