logo

मौद्रिक नीतिमा समेट्न भन्दै मोरङका उद्योगीद्धारा अर्थमन्त्रीलाई २१ बुँदे सुझाव 

    1484   पटक पढिएको


७ साउन/अर्थ र व्यापार– मोरङ व्यापार संघका पदाधिकारीले मौद्रिक नीतिमा समेट्न भन्दै अर्थमन्त्री जनार्दन शर्मा समक्ष २१ बँदे सुझाव पेस गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहित उद्योगी–व्यापारीहरुको टोलीले अर्थमन्त्री समक्ष कोरोनाबाट रुग्ण भएको उद्योग तथा व्यापार क्षेत्रलाई उकास्ने र राहत दिने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।

संघका अध्यक्ष मुन्दडाले अर्थमन्त्रीले संघका तर्फबाट प्राप्त भएको सुझावलाई गम्भीर रुपमा लिइने र यसलाई नीति निर्माण बनाइँदा समावेश गरिने आश्वास दिएको बताए ।

संघले अर्थमन्त्रीसमक्ष मौदि«क नितिमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै सबै ऋणीहरुको ब्याज मिनाहा गरिनुपर्ने, निजहरुको कर्जा भुक्तानी गर्ने म्याद थप गरिनुपर्ने, हाल कायम रहेको बैंकिङ क्षेत्रको स्प्रेडदरलाई अधिकतम् ३.५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङको सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीहरुको हकमा ५० करोडकै सीमा र प्राइभेट कम्पनीहरुको हकमा २०० करोडको सीमा निर्धारण गरिनुपन जस्ता सुझाव दिएका छन् ।

त्यसैगरी, उद्योगी–व्यवसायीहरुका लागि कर्जा, पुनर्कर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने एवं पुनर्कर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्नेलगायत माग तथा सुझाव पेस गरेका छन् ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।