logo

दराजको महाबचत बजार अभियान सुरु, आइफोन १२ साथै बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका

    2232   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– आइतबारदेखि दराजको महाबचत बजार अभियान सुरु भएको छ । अभियान ९ गतेसम्म चल्ने छ । 
ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको दराज कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत चार हजार सम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्री–पेमेन्टमा दुई हजारसम्मको छुट छ । 
साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डवाहकहरूले प्री–पेमेन्टमा १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छुट पाउनेछन् । क्रेडिट कार्डवाहकहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छुट पाउनेछन् ।

यसैगरी, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । साथै ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्रि–पेमेन्ट गरेर सबै खरिदमा २० प्रतिशत (एक हजारसम्म) छुट पाउन सक्नेछन् ।

बैंक कार्ड वा आफ्नो आइएमइ पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गरी खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले एक लाख ३३ हजार मूल्यको आइफोन १२ र ५० हजारको बालाजी हिराको झुम्का जस्ता पुरस्कार जित्न सक्नेछन् । जित नभएमा आफ्नो रकम फिर्ता हुने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।