logo

दराजको महाबचत बजार अभियान सुरु, आइफोन १२ साथै बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका

    1829   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– आइतबारदेखि दराजको महाबचत बजार अभियान सुरु भएको छ । अभियान ९ गतेसम्म चल्ने छ । 
ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको दराज कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत चार हजार सम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्री–पेमेन्टमा दुई हजारसम्मको छुट छ । 
साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डवाहकहरूले प्री–पेमेन्टमा १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छुट पाउनेछन् । क्रेडिट कार्डवाहकहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छुट पाउनेछन् ।

यसैगरी, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । साथै ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्रि–पेमेन्ट गरेर सबै खरिदमा २० प्रतिशत (एक हजारसम्म) छुट पाउन सक्नेछन् ।

बैंक कार्ड वा आफ्नो आइएमइ पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गरी खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले एक लाख ३३ हजार मूल्यको आइफोन १२ र ५० हजारको बालाजी हिराको झुम्का जस्ता पुरस्कार जित्न सक्नेछन् । जित नभएमा आफ्नो रकम फिर्ता हुने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।