logo

यूनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको गुणस्तर चिन्ह 

    1563   पटक पढिएको

१८ असार/अर्थ र व्यापार– यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड ५३ ग्रेडको गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको छ ।

५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै गुणस्तरमा ठुलो फड्को मारेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ बलियो बनाउनेमा ढुक्क रहेको जनाएको छ ।

५३ ग्रेडको सिमेन्ट ठूला–ठूला संरचनाहरु जस्तै, हाइड्रोपावर ड्याम, गगनचुम्बी महल, टनेल, ठूला पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।