logo

युनिक हाइडेललाई सबैभन्दा कमजोर रेटिङ

    1639   पटक पढिएको

१२ असार / अर्थ र व्यापार – युनिक हाइडेल कम्पनीले  जारी गर्ने २२ लाख कित्ता सेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ । जसमा १ ग्रेड प्रदान गरिएको साधारण सेयर भएको कम्पनीको अवस्था अत्यन्त सबल वा बलियो आधार जनाउँछ भने ग्रेड ५ ले अत्यन्त कमजोर आधार जनाउँछ । यसमा ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लसले तुलनात्मक सकारात्मक स्थितीलाई जनाउँछ ।

नेपालमा पब्लिक कम्पनीहरुले जारी गर्ने साधारण सेयरलाई सम्बन्धित कम्पनीको सबै अवस्थाहरुको विश्लेषणको आधारमा नेपालमा रहेको एकमात्र रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड १ देखि ग्रेड ५ सम्मको रेटिङ प्रदान गर्ने गरेको छ । 

युनिक हाइडेलले एक सय रुपैयाँ अंकित दरको २२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये कम्पनीले आयोजनाबाट प्रभावित हुने सिन्धुपाल्चोकबासीको लागि पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरको पाँच लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । साधारण सेयर जारी गर्नका लागि कम्पनीले एनएमबि क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । 

युनिक हाईडेल कम्पनीको बराम्ची खोलामा बाराम्ची हाईडोईलोक्ट्रीक आयोजना ४ दशमलव २ मेगावाटको सञ्चालनमा रहेको छ । कम्पनीमा ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको समेत सेयर स्वामित्व रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।