logo

रामदेवको उत्पादनले युनिलिभरलाई दियो टक्कर, युनिलिभरको सेयर मूल्यमा भारी गिरावट

    1505   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य एकैपटक भारी अंकले घटेको छ ।

मंगलबार एकैदिन प्रतिकित्ता ७.७५ प्रतिशत अर्थात् १७ सय रुपैयाँले घटेको युनिलिभरको सेयर मूल्य बुधबार साढे १२ बजेसम्म फेरि ३.९६ प्रतिशत अर्थात् ८ सय ३५ रुपैयाँले घटेको छ ।मंगलबार कारोबार सकिएसँगै युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा झरेको थियो । बुधबार साढे १२ बजेसम्ममा १९ हजार ८ सय ६९ रुपैयाँमा झरेको छ ।

सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।

संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो ५ वर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो । त्यसअघिका वर्षहरुमा युनिलिभरले १०००र१२०० प्रतिशत लाभांश दिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।