logo

टाटाको शानदार एक्स्चेन्ज अफर सकियो

    1890   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले शानदार एक्स्चेन्ज अफर मेला गरेको थियो ।    सही एक्सचेन्ज मूल्य प्रदान गरी आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त एक्स्चेन्ज अफर नेपालका मुख्य शहरहरु जस्तै वीरगञ्जमा जेष्ठ ४, जावालाखेल र बुटवलमा जेष्ठ ५, थापाथलीमा जेष्ठ ६, नक्साल र नेपालगंजमा जेष्ठ ७ र नारायणघाटमा जेष्ठ ८ गते सम्पन्न गरिएको हो ।

सो एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका कारहरुको अविश्वसनीय मूल्य प्राप्त गरी ग्राहकहरुले आफ्नो पुरानो गाडी नयाँ टाटा जेस्ट, बोल्ट, टियागो, स्ट्रोम वा सुमो सँग एक्स्चेन्स गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

सोही अवसरमा ग्राहकहरुलाई पुरानो गाडीको उचित मूल्याङ्कनसहित २५ प्रतिशत डाउन पेमेन्ट, १०.९९देखि १४ प्रतिशतसम्मको ब्याजदर, अन द स्पट फाइनान्स सुविधा, शून्य प्रतिशत सर्भिस चार्ज र एक्स्चेन्सको लागि छिटो छरितो र झन्झटरहित प्रकृयाजस्ता विशेष सुविधाहरु प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।