logo

भारतको टाटा कन्सल्टेन्सी सर्विसेज बन्यो विश्वकै मूल्यवान आईटी कम्पनी

    2169   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार– द ईकोनमिक टाइम्सका अनुसार भारतको सफ्टवेयर एक्सपोर्टर कम्पनी टाटा कन्सल्टेन्सी सर्विसेज पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको छ ।

टाटा कन्सल्टेन्सी सर्विसेजले विश्व बजारमा नम्बर १ रहेको कम्पनी नास्दाकमा एक्सेन्चरलाई पछि पार्दै पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको हो ।

बिहीबार स्टक एक्सचेन्जमा टाटा कन्सल्टेन्सी सर्विसेजको मार्केट क्याप १४४.७३ अर्ब डलर अर्थात १०.६० लाख करोड भारु पुग्यो ।  

नास्दाकमा एक्सेन्चरको मार्केट क्याप १४३.४ अर्ब डलर रहेको छ । यस्तै आइबिएमको मार्केट क्याप ११८.२ अर्ब डलर रहेको छ । 

बिहीबार टाटाको सेयर मूल्य ३.१९ प्रतिशतले बढ्दै प्रतिसेयर २८२५ भारु कायम भएको थियो । जसबाट बम्बे स्टक एक्सचेन्जमा उसको मार्केट क्याप १४४.७३ अर्ब डलर कायम भयो ।

दोस्रो त्रैमासमा धेरै नै राम्रो प्रदर्शन गरेका कारण टिसिएसको सेयर मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
हालै कम्पनीले १६००० करोड भारुको बाइब्याक योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले प्रतिसेयर १२ भारु लाभांश पनि दिइरहेको छ ।

वार्षिक आधारमा हेर्दा सेप्टेम्बर त्रैमासमा कम्पनी रेभेन्यू ३ प्रतिशतले वृद्धिसमेत भएको छ ।
कोरोनाका कारण विश्वभरका ग्राहकले क्लाउड तथा अन्य डिजिटल प्रोजेक्टमा धेरै नै खर्च गरिहेकाले कम्पनीको रेभेन्यू बढेको हो । 

कोरोनाका कारण कम्पनीहरुको डिजिटल खर्च बढिरहेको छ । विश्लेषकहरुका अनुसार बैंकिङ वित्त रिटेल तथा लाइफ साइन्स जस्ता क्षेत्रमा धेरै नै तीव्रता आएकाले कम्पनीको प्रदर्शनमा सुधार देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।