logo

प्रदेश २ मा आधुनिक सख्खर उद्योग संचालनमा ल्याइने

    1900   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - प्रदेश २ मा उखूमा आधारित अर्को एक उत्पादनको उद्योग संचालनमा आउने भएको छ । महोत्तरीको श्रीनगरमा सिद्धिविनायक सुगर मिल्सले सख्खर (मीठा, गुड) उद्योग संचालनमा ल्याउन लागेको हो । घरेलु प्रविधिबाट उखू प्रशोधन गरेर सख्खर र खाँडसारी (चिनी उत्पादन गर्ने घरेलु उद्योग) ठूलो संख्यामा संचालनमा रहेपनि आधुनिक उत्पादन प्रविधिबाट सख्खर उत्पादन गर्ने यो पहिलो उद्योग हुनेछ । 

दैनिक २ सय ५० टन उखू पेल्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । एक क्वीन्टल उखू प्रशोधनबाट १५ किलोग्राम सख्खर उत्पादन हुने उद्योगीले बताए । श्रीनगरमा २० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा पहिलो चरणमा सख्खर उत्पादन गर्ने योजना रहेको संचालक रविकुमार गुप्ताले जानकारी दिए । चिनी मिल संचालन गर्ने योजनाको साथ उद्योग स्थापनाको तयारी शुरु गरेपनि प्रदेश २ मा चिनी मिलको संख्या थपिँदै जाने तर उखू उत्पादन घट्दै गएकोले उनले तत्कालको लागि चिनी मिल संचालनको योजना स्थगन गर्दै सख्खर उत्पादनको विकल्प रोजेका हुन्। गुप्ता महोत्तरीको व्यापारिक केन्द्र बर्दिबासमा लामो समयदेखि दैनिक उपभोग्य वस्तुको आयात र वितरणमा संलग्न छन् । सख्खरको प्रशोधनबाट स्पिरिट समेत उत्पादन गर्न सकिने बताउँदै उनले भने, स्पिरिट मदिरा उद्योगको लागि कच्चा पदार्थको रुपमा प्रयोग हुनेछ ।

१२ करोड रुपैयाँ लगानीमा संचालनमा आउने यो उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने व्यवस्थापनको भनाई छ । निर्माणाधीन उद्योग आगामी असोजदेखि संचालनमा ल्याउने तयारी भइरहेको छ । उद्योगको संचालनबाट सख्खर आयात कटौती गर्न योगदान पुर्याउने उद्योग संचालकको विश्वास छ । गुणस्तरिय स्वदेशी सख्खरको अभावमा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको सख्खर विदेशबाट आयात हुने गरेको छ ।  

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधीमा ४ अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको ६९ हजार टन सख्खर आयात गरिएको थियो । योमध्ये प्रदेश २ अन्तर्गतको मुख्य स्थल नाका वीरगंज (सुख्खा बन्दरगाह समेत) बाट मात्र ३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको ५८ हजार टन सख्खर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
यो बाहेक तराईका जिल्लाहरुमा खुला सीमा नाकाबाट अवैधरुपमा भित्र्याइने सख्खरको परिमाण पनि उल्लेखनीय रहेको खाँडसारी मिल संचालनको भनाई छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।