logo

प्रदेश २ मा आधुनिक सख्खर उद्योग संचालनमा ल्याइने

    1766   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - प्रदेश २ मा उखूमा आधारित अर्को एक उत्पादनको उद्योग संचालनमा आउने भएको छ । महोत्तरीको श्रीनगरमा सिद्धिविनायक सुगर मिल्सले सख्खर (मीठा, गुड) उद्योग संचालनमा ल्याउन लागेको हो । घरेलु प्रविधिबाट उखू प्रशोधन गरेर सख्खर र खाँडसारी (चिनी उत्पादन गर्ने घरेलु उद्योग) ठूलो संख्यामा संचालनमा रहेपनि आधुनिक उत्पादन प्रविधिबाट सख्खर उत्पादन गर्ने यो पहिलो उद्योग हुनेछ । 

दैनिक २ सय ५० टन उखू पेल्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । एक क्वीन्टल उखू प्रशोधनबाट १५ किलोग्राम सख्खर उत्पादन हुने उद्योगीले बताए । श्रीनगरमा २० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा पहिलो चरणमा सख्खर उत्पादन गर्ने योजना रहेको संचालक रविकुमार गुप्ताले जानकारी दिए । चिनी मिल संचालन गर्ने योजनाको साथ उद्योग स्थापनाको तयारी शुरु गरेपनि प्रदेश २ मा चिनी मिलको संख्या थपिँदै जाने तर उखू उत्पादन घट्दै गएकोले उनले तत्कालको लागि चिनी मिल संचालनको योजना स्थगन गर्दै सख्खर उत्पादनको विकल्प रोजेका हुन्। गुप्ता महोत्तरीको व्यापारिक केन्द्र बर्दिबासमा लामो समयदेखि दैनिक उपभोग्य वस्तुको आयात र वितरणमा संलग्न छन् । सख्खरको प्रशोधनबाट स्पिरिट समेत उत्पादन गर्न सकिने बताउँदै उनले भने, स्पिरिट मदिरा उद्योगको लागि कच्चा पदार्थको रुपमा प्रयोग हुनेछ ।

१२ करोड रुपैयाँ लगानीमा संचालनमा आउने यो उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने व्यवस्थापनको भनाई छ । निर्माणाधीन उद्योग आगामी असोजदेखि संचालनमा ल्याउने तयारी भइरहेको छ । उद्योगको संचालनबाट सख्खर आयात कटौती गर्न योगदान पुर्याउने उद्योग संचालकको विश्वास छ । गुणस्तरिय स्वदेशी सख्खरको अभावमा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको सख्खर विदेशबाट आयात हुने गरेको छ ।  

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधीमा ४ अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको ६९ हजार टन सख्खर आयात गरिएको थियो । योमध्ये प्रदेश २ अन्तर्गतको मुख्य स्थल नाका वीरगंज (सुख्खा बन्दरगाह समेत) बाट मात्र ३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको ५८ हजार टन सख्खर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
यो बाहेक तराईका जिल्लाहरुमा खुला सीमा नाकाबाट अवैधरुपमा भित्र्याइने सख्खरको परिमाण पनि उल्लेखनीय रहेको खाँडसारी मिल संचालनको भनाई छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।