logo

नयाँ वर्षमा स्काईवर्थको बम्पर छुट अफर सार्वजनिक

    1319   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार - स्मार्ट एपलायन्सेस् प्रा.लि के एल डुगर ग्रुप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ’ नारा सहित योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७६ को विशेष अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३०५ सम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको छ ।
स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ । यस टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्छ ।

स्काईवर्थ टेलिभिजन सेगमेन्टको विश्वमै उत्कृष्ट ब्राण्ड हो । टेलिभिजन बाहेक स्काईवर्थले कयौँ दशकदेखि विश्वव्यापी रुपमा विभिन्न उत्पादन जस्तै वासिङ्ग मेसिन, फ्रिज, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, राइस कुकर लगायतका उत्पादनहरु बिक्री बितरण गर्दै आइरहेको छ । स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । स्काईवर्थले ग्राहकहरुलाई नयाँ वर्षलाई विशेष बनाउँन र यस ब्राण्डसँग नयाँ अनुभव बटुल्ने अवसर प्रदान गरेको छ । त्यसबाहेक, ग्राहकहरुले स्काईवर्थको हरेक टिभी खरिद गर्दा २ वर्षसम्मको वारेन्टी पाउँनेछन् ।

स्काईवर्थले ८ अप्रिल देखि १८ अप्रिलसम्म विश्वव्यापी रुपमा ‘स्काईवर्थ ग्लोबल ४०८ टिभी फेस्टिवल’ मनाइरहेको छ । स्मार्ट एपलायन्सेस्ले पनि यस उत्सवलाई ‘स्काईवर्थ ग्राण्ड ७६ दमदार अफर’ का साथमा १० अप्रिलदेखि निश्चित अवद्धिका लागि मनाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।