logo

साल्ट ट्रेडिङलाई जस्तापाताले पाँच करोडको घाटा  

    1365   पटक पढिएको


९ असार / अर्थ र व्यापार - समयमै जस्तापाता बिक्री नगर्दा साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब पाँच करोड रुपैयाँको घाटा भएको छ । भूकम्पले भत्काएका स्वास्थ्य चौकी, विद्यालय, सरकारी भवन निर्माण गर्न सरकारको आदेशमा कर्पोरेसलने दुई वर्षअघि ५० हजार बन्डल जस्तापाता आयात गरेको थियो । ती जस्तापाता समयमै बेच्न नपाउँदा चार करोड ६७ लाख रुपैयाँ व्याज बापतको व्ययभार थपिएकोे छ । सो बाहेक भण्डारणको लागि करिब साढे ६ लाख रुपैयाँ खर्च भएको छ। 

भूकम्पपछि सरकारी संरचना निर्माणमा प्रयोग गर्न सरकारको निर्देशन अनुसार ३० करोड रुपैयाँका जस्तापाता खरिद गरेको थियो । जस्तापाता प्रयोगमा नआएपछि खिया लागेर बिग्रिने अवस्थामा पुगेपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बिक्री गर्ने चालु प्रक्रिया अविलम्ब टुंग्याउन आपूर्ति मन्त्रालयलाई बिहीबार निर्देशन दिएको छ । 

मन्त्रिपरिषदको निर्देशन अनुसार भूकम्पपछि २०७२ जेठमा तत्कालीन मुख्य चिव लिलामणि पौड्यालले  पत्राचार गरी ‘विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक भवनमा प्रयोग हुने जस्तापाता साल्ट ट्रेडिङमार्फत आयात गरी पर्याप्त आपूर्ति हुने व्यवस्था वाणिज्य तथा आपूर्ति मन्त्रालयले शीघ्र मिलाउने गरी लिखित निर्देशन दिएका थिए ।  मन्त्रिपरिषदको निर्णय बमोजिम आपूर्ति तथा वाणिज्य मन्त्रालयको निर्देशन अनुसार जस्ता आयात गरे पनि प्रयोगमा नआएको छ । सरकारी भवन निर्माणमा प्रयोग गर्ने निर्देशनपछि भारतबाट जस्ता किनेर ल्याएको थियो ।

ती जस्तापाता वीरगन्ज र काठमाडौंमा त्यसै थन्किएका छन् । ग्लोबल टेन्डर गरेर भारतको जिन्दल कम्पनीबाट आइएसआई स्ट्यान्डर्डका जस्तापाता ल्याएको थियो । सरकारले आयातमा कर छुट दिएको थियो । वीरगन्जमा मासिक २० हजार रुपैयाँ भाडा र १२ हजार रुपैयाँ तिरेर जस्ताको रेखदेख गर्न चौकीदार राखेको छ । सरकारले सरकारी संरचना निर्माणमा उक्त जस्तापाता प्रयोग गर्न निर्देशन दिए पनि सम्बन्धित निकायले टेरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।