logo

साल्ट ट्रेडिङलाई जस्तापाताले पाँच करोडको घाटा  

    1721   पटक पढिएको


९ असार / अर्थ र व्यापार - समयमै जस्तापाता बिक्री नगर्दा साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब पाँच करोड रुपैयाँको घाटा भएको छ । भूकम्पले भत्काएका स्वास्थ्य चौकी, विद्यालय, सरकारी भवन निर्माण गर्न सरकारको आदेशमा कर्पोरेसलने दुई वर्षअघि ५० हजार बन्डल जस्तापाता आयात गरेको थियो । ती जस्तापाता समयमै बेच्न नपाउँदा चार करोड ६७ लाख रुपैयाँ व्याज बापतको व्ययभार थपिएकोे छ । सो बाहेक भण्डारणको लागि करिब साढे ६ लाख रुपैयाँ खर्च भएको छ। 

भूकम्पपछि सरकारी संरचना निर्माणमा प्रयोग गर्न सरकारको निर्देशन अनुसार ३० करोड रुपैयाँका जस्तापाता खरिद गरेको थियो । जस्तापाता प्रयोगमा नआएपछि खिया लागेर बिग्रिने अवस्थामा पुगेपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बिक्री गर्ने चालु प्रक्रिया अविलम्ब टुंग्याउन आपूर्ति मन्त्रालयलाई बिहीबार निर्देशन दिएको छ । 

मन्त्रिपरिषदको निर्देशन अनुसार भूकम्पपछि २०७२ जेठमा तत्कालीन मुख्य चिव लिलामणि पौड्यालले  पत्राचार गरी ‘विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक भवनमा प्रयोग हुने जस्तापाता साल्ट ट्रेडिङमार्फत आयात गरी पर्याप्त आपूर्ति हुने व्यवस्था वाणिज्य तथा आपूर्ति मन्त्रालयले शीघ्र मिलाउने गरी लिखित निर्देशन दिएका थिए ।  मन्त्रिपरिषदको निर्णय बमोजिम आपूर्ति तथा वाणिज्य मन्त्रालयको निर्देशन अनुसार जस्ता आयात गरे पनि प्रयोगमा नआएको छ । सरकारी भवन निर्माणमा प्रयोग गर्ने निर्देशनपछि भारतबाट जस्ता किनेर ल्याएको थियो ।

ती जस्तापाता वीरगन्ज र काठमाडौंमा त्यसै थन्किएका छन् । ग्लोबल टेन्डर गरेर भारतको जिन्दल कम्पनीबाट आइएसआई स्ट्यान्डर्डका जस्तापाता ल्याएको थियो । सरकारले आयातमा कर छुट दिएको थियो । वीरगन्जमा मासिक २० हजार रुपैयाँ भाडा र १२ हजार रुपैयाँ तिरेर जस्ताको रेखदेख गर्न चौकीदार राखेको छ । सरकारले सरकारी संरचना निर्माणमा उक्त जस्तापाता प्रयोग गर्न निर्देशन दिए पनि सम्बन्धित निकायले टेरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।