logo

गोर्खाल्याण्ड आन्दोलनको कारण नेपाली बजारमा खाद्यान्नको भाउ बढ्यो

    1568   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ । साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् ।

आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको छ । ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन् ।

पश्चिम बंगालको आमहडताल शुरु हुनुअघि २५ किलो चामलको मूल्य रु दुई हजार ६०० रहेकोमा अहिले त्यो मूल्य बढेर  तीन हजार रुपैयाँसम्म पुगेको छ । त्यस्तैगरी, दाल, चिनी, नुनलगायतका खाद्यान्नमा समेत १० प्रतिशतसम्म मूल्य बढेको छ ।

पशुपतिनगर लगायत सीमावर्ती बजारमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो । अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको हो ।

सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको हो । दार्जिलिङमा भइरहेको आमहडतालका कारण सीमावर्ती बजार पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ सहितका सीमावर्ती बजार यतिबेला ठप्प छन् ।

भारतीय ग्राहक नआउँदा पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्छन् । तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ताको भीड बढेको छ ।

दार्जिलिङमा भएको आन्दोलनका कारण पशुपतिनगरमा व्यापार समेत घटेको छ । पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक  ४० लाख रुपैयाँसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्य जस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।