logo

प्रिमीयम स्ट्रोङ्ग बियर माउन्टेन आईस बजारमा 

    1788   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रूअरीले प्रिमीयम स्ट्रोङ्ग बियर माउन्टेन आईस बजारमा ल्याएको छ । माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको  जनाएको छ । कम्पनीका अनुसार अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट यो बियर उत्पादन गरिएको हो । 

६.५५ अल्कोहल भोलुम र ६५० एम.एल. को बोतलको २ सय ३० रुपैयाँ मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित बजारमा ल्याइएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ‘अन्तराष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याईएको हो’, जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिजका प्रबन्धनिर्देशक राजबहादुर शाहले बताए ।   राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्रीबितरण सुरु हुने भएपनि देशभर सहजै उपलब्ध हुन केही समय लाग्ने कम्पनीले जनाएको छ । 

जावलाखेलग्रुपअफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो । कम्पनीले डिस्टिलरी, ब्रुअरी उत्पादनकक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्तराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।