logo

निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा 

    1738   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - निर्माण सामाग्री उत्पादन र वितरणमा संलग्न समूह गोदावरी बिजनेश अर्गनाइजेशनले मकवानपुरमा पोलिस्याक (प्लाष्टिक बोरा) उद्योग संचालनमा ल्याउँदैछ । मकवानपुरको नेवारपानीमा निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा रहेको छ । यो उद्योगसँगै मकवानपुरमा पोलि ब्याग उत्पादक उद्योगको संख्या तीन पुग्नेछ । आगामी दुई महिनाभित्र उद्योग संचालनमा ल्याउने लक्ष्य रहेको महाप्रबन्धक नयाराम चौलागाईंले जानकारी दिए ।

चौलागाईंसँग दुवई र कतारमा पोलि ब्याग उद्योगमा करिब एक दशकको अनुभव छ । यो उद्योगले प्लाष्टिक बोरा र त्रिपालको उत्पादन गर्नेछ । ३७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योगको दैनिक उत्पादन क्षमता पाँच मेट्रिक टन रहेको छ । उद्योग सम्बद्ध स्रोतका अनुसार करिब बीस करोड रुपैयाँको लगानीमा उद्योग संचालनमा आउन लागेको हो ।

यो उद्योगको उत्पादन स्वदेशी बजारको साथै खाडी मुलुकमा समेत निकासीको योजना रहेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । स्वदेशमै ठूलो उत्पादन क्षमताको आधा दर्जन नयाँ सिमेन्ट उद्योग संचालनमा आउन लागेको र पुरानोले समेत धमाधम उत्पादन क्षमता विस्तार गरिरहेकाले पोलो ब्यागको बजार माग वृद्धि हुँदै जाने लगानीकर्ताको विश्वास छ ।

बोरा उत्पादन गर्ने दर्जन् उद्योग संचालनमा स्वदेशी बजारमा पोलि ब्याग र त्रिपाल उत्पादन गर्ने उद्योगको संख्या एक दर्जनभन्दा बढी छ । तीमध्ये भैरहवामा शौरभ समूहको जगदम्बा सिन्थेटिक उद्योग दैनिक १५ लाख मिटर, मोरङमा गोल्छा समूहको अरिहन्त प्लाष्टिक ९५००० टन, गोल्यान समूहको शिवम् प्लाष्टिक ९१० हजार टन, शारडा समूहको पशुपति सिन्प्याक्स ९१५०० टन, मकवानपुरमा त्रिशक्ति पोलिप्याक्स उद्योगले वार्षिक २ करोड बोरा संचालनमा छन् ।

यसैगरी नवलपरासीमा युनाइटेड पोलिप्याक्स, वीरगंजमा चाचान समूहको आदर्श पोलिप्लाष्ट, निम्बस समूहको वीरगंज र मकवानपुरमा प्रोजीओकेमको ९६००० टन, त्रिवेणी समूहको त्रिवेणी सिम्प्याक्स ९९००० टन, बेगानी समूहको नेकोन केबी प्लाष्ट उद्योग, शिवशक्ति समूहको शिवशक्ति केमो प्लाष्टिकको ९७२०० टन संचालनमा छन् । यीमध्ये अधिकांश उद्योगले भारत तथा तेश्रो मुलुकमा समेत आफ्नो उत्पादन निर्यात गरिरहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।