logo

तेस्रो पटक पोखरामा पोर्क फेस्टिबलको आयोजना

    1656   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-पोखरामा असारको पहिलो हप्ता बङ्गुरको मासुको प्रवद्र्धनका लागि तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।

पोखराको प्रदर्शनी केन्द्रमा ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो।

बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा सेतो पोर्कको बजारीकरण, आहारा, खोर व्यवस्थापन, यान्त्रीकरणका बारेमा व्यावसायीलाई जानकारी गराइने छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बङ्गुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्था तथा प्राविधिक परामर्श, बधशाला तथा प्रशोधनसम्बन्धी स्टल समेत राखिने छ ।

सो महोत्सवमा बङ्गुरको मासुबाट बन्ने परिकारका २० वटा रेस्टुराँ रहने र विभिन्न जातजातिका नृत्य तथा झाँकी, लोक तथा दोहोरी गीत र सङ्गीत कार्यक्रमसमेत राखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।