logo

१४ सय पब्लिक कम्पनीमा ५० मात्र ओटिसी बजारमा दर्ता

    1747   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – ठुलै आकांक्षासाथ ल्याईएको ओभर द काउन्टर(ओटिसी) बजारमा अपेक्षा अनुसार कारोबार हुन सकेको छैन् । हालसम्म ओटीसी बजारमा ५० कम्पनी मात्र दर्ता छन् र यिनीहरुको कारोबार पनि नगन्य मात्र हुने गरेको छ । गएको चार महिनामा नौ कम्पनीको मात्रै ओटीसी बजारमा शेयर कारोबार भएको हो ।

ओटिसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले कमिसन समेत घटाएको थियो । तर, त्यसले बजार उकास्न कुनै मद्दत गरेन् । पहिले जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरि बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ ।

हाल २५ हजारसम्मको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को लागि ०.०१५ प्रतिशत, बोर्डलाई ०.२० प्रतिशत कमिशत लाभकर लाग्छ । २५ हजारदेखि ५० हजारसम्मको कारोबारमा नेप्से कमिसन समान र बोर्डले ०.१८ प्रतिशत लिँदै आएको छ । ५० हजार रुपैयाँ माथिको सबै कारोबारमा नेप्से र बोर्ड दुबैका लागि ०.०१५ प्रतिशत कमिसन तोकिएको छ । सबै कारोबारमा पाँच प्रतिशत पूँजीगत लाभकर लाग्छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएका तर सार्बजनिक शेयर निष्काशन नगरेका एवं नेप्सेबाट सूचिकरण खारेज भएका कम्पजनीको कारोबार गराउने उध्येश्य साथ ओटिसी बजार सञ्चालनमा ल्याइएको थियो । अन्तर्रा्ष्ट्रिय अभ्यासमा खासै सफलता प्राप्त नगरे पनि नेपालमा पब्लिकमा रुपान्तरण भएका हजार बढि कम्पनीले साधारण शेयर जारी नगरेको हुँदा ओटिसी बजारमा राम्रै कारोबार हुने अपेक्षा नियामकको थियोञच्त्प्छ । 

ओटिसी कारोबार सञ्चालनका लागि धितोपत्र बजार संचालन नियमावली,२०६४ लाई आधार मानेर नेप्सेले ओटिसी बजार संचालन विनियमावली, २०६५ पनि बनाएको थियो । विनियम बने पनि बजार सञ्चालनमा आएको थिएन । कम्पनी रजिष्ट्रारको कार्यालयबाट नै सार्वजनिक निष्काशन नगरेका कम्पनीको शेयर ट्रान्सफर हुँदै आएको थिया । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय र नेप्सेबीच समझदारी भएर ओटिसी बजारलाई संचालनमा ल्याइएको हो ।

२०७२ चैत ७ गते मारुती सिमेन्टको शेयर ट्रान्सफर गर्दै ओटिसी बजारबाट पहिलो कारोबार भएको थियो । त्यसपछिको एक बर्ष खासै काम नभएको बजारबाट पछिल्लो चार महिनामा भने नौ वटा कम्पनीको शेयर ट्रान्सफर भएको छ । ञधितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन् । त्यस मध्ये १२ सय ५५ कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन् । ति कम्पनीमध्ये एक चौथाई मात्रै पनि ओटिसीमा आउने हो भने भ्याइ नभ्याइ कारोबार हुने देखिन्छ ।

धितोपत्र बोर्ड लगायत नियामक निकायले छुट्टै कम्पनी बनाएर ओटिसी बजार सञ्चालनको लक्ष राखेका थिए। तर, कारोबारले खासै गति लिन नसकेपछि नियामक पनि यो बजारबारे अलमलमा परेका छन् । हाल नेप्सेको कार्यालयमै एउटा बिभाग अन्तर्गत यो बजार संचालनमा छ । नेप्सेमा शेयरको अनलाइन कारोबार हुनु अगाडि जस्तै कागजमा लेखेर ओटिसी बजारमा खरिद बिक्री हुने गरेको छ । यसलाई कम्प्युटरकृत कारोबार ढाल्ने नेप्सेको योजना भए पनि मूर्त पाउन सकेको छैन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।