logo

खानेपानी मन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

    1661   पटक पढिएको

२१ कात्तिक / अर्थ र व्यापार

 खानेपानी मन्त्री बिना मगरले राष्ट्रिय गौरवको  मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेकी छिन् । केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेशनले आयोजनाको काम अघि बढाएको सन्दर्भमा कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरिकी हुन् । मन्त्री मगरको नेतृत्वमा खानेपानी सचिव माधव बेल्बासे पनि निरीक्षणमा सहभागी थिए ।

यसअघि ठेकेदार कम्पनी सिएमसीले काम छाडेर गएपछि बाँकी कामको ठेक्का सिनो हाइड्रोले पाएको हो । अबको एक वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरि सिनो हाइड्रोले काम सुरु गरिसकेको छ ।
मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्ने गरि काम रफ्तारमा अघि बढाउन मन्त्री मगरले निर्देशन दिएकी छिन् ।

” मेलम्ची आयोजनामा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्नेछ, ” उनले  भनिन्, “स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर छ । स्थानीयले सडक पिच गर्नु र्पयो भनेर माग गरेका छन् । यो विषयमा सडक विभागसँग छलफल चलिरहेको छ ।”

मन्त्री मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोट व्यक्त गरे । सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब मेलम्चीबारे दुविधा नराख्न उनले आग्रह गरे ।

स्थलगत निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री मगरले भने, ‘मेलम्ची हाम्रो राष्ट्रिय गौरवको आयोजना हो, नेपालको प्रतिष्ठाको आयोजना पनि हो । तर, निर्माणको जिम्मा लिएको सिएमसी कम्पनिले एक्कासी हात झिक्दा हामीले अप्रत्याशित परिस्थितिको सामना गर्नुप(यो । अहिले त्यो परिस्थिति अन्त्य भएको छ, सबै अवरोध छिचोलेर मेलम्चीको काम अघि बढेको छ । अब मेलम्चीबारे आशंका गर्न जरुरी छैन ।

‘सीएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टिएका कारण आयोजनाबारे हात झिक्यो’ मेलम्चीको पछिल्लो प्रगतिबारे जानकारी दिँदै मन्त्री मगरले भनिन्, ‘हामीले नसोचेको परिस्थिति झेल्यौं, अब त्यो अवस्था छैन। नयाँ कम्पनिले आयोजनाको ठेक्का लिएपछि निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। हामीले रातदिन नभनी मेलम्चीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं। तसर्थ, हरहालतमा मेलम्ची आउँछ, अब शंका नगरौं ।’
मंगलबार संसदको विकास समितिकी सभापति कल्याणी खड्कासहितको संसदीय टोली मेलम्ची पुगेको थियो । त्यसको भोलिपल्ट मन्त्री मगरको टीम आयोजनाको स्थलगत निरीक्षण र प्रगति बिवरण बुझ्न मेलम्ची पुगेको हो।

२१ डिसेम्वर २०१८ मा निर्माण कम्पनिले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्यौलमा परेको थियो। त्यसलगत्तै नेपाल सरकार र मन्त्रालयले आयोजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न विभिन्न बिकल्पहरुमा छलफल गरेको थियो ।

मेलम्ची विकास समितिले ग्लोवल टेण्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनिसँग सम्झौता गरेको थियो। सम्झौतापछि ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाएको हो ।

गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम चिनियाँ ठेकेदार कम्पनि सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो । मेलम्चीको बाँकी काम रु. १ अर्ब ८७ करोडमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ। चिनियाँ कम्पनिले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गरेको छ ।

निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनिले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो ।  निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ । अघिल्लो ठेकदार कम्पनि सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो ।

सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ । तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ । कम्पनिले आयोजनाको निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनिले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ब्लाचिङ् प्लानका लागि ३० घनमिटरको मेशिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।