logo

ओलीद्धारा व्यवसायीलाई कामदारको सुरक्षामा लाग्न आग्रह

    2171   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीलाई कामदारको सुरक्षा र मुलुकको आर्थिक समृद्धिमा लाग्न आग्रह गरेका छन् । यस्तो आग्रह बुधबार राजधानीमा सम्पन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने २५औं साधारणसभा तथा निर्वाचनका लागि रोहन गुरुङ अध्यक्ष रहेको संयुक्त व्यावसायिक समूहका तर्फबाट आयोजित अन्तिम चुवानी सभामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले व्यवसायीलाई गरेका हुन् ।

मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक रोजगार व्यवसायीको भूमिका एकदमै महत्वपूर्ण भएको भन्दै उनले व्यवसायीलाई सधैं कामदारको सुरक्षा र मुलुकको आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । देशले यहाँका युवालाई बेरोजगार बनाएपछि ती बेरोजगारलाई सुरक्षित वैदेशिक रोजगारीको माध्यमबाट व्यवस्थापन गर्दै आएका वैदेशिक रोजगार व्यवसायीबाट मुलुकको आर्थिक विकासमा ठूलो भूमिका भएको बताउँदै उनले व्यवसायीलाई सत्यको पछि लाग्न आग्रह गरे ।

संघको आगामी नयाँ नेतृत्वका लागि गुरुङ समूहको तर्फबाट उम्मेदवारी दर्ता गराएका सम्पूर्ण व्यवसायीलाई भारी मतले विजय हुने सफलताको शुभकामना व्यक्त गर्दै उनले व्यवसायीलाई जस्तो पाए त्यस्तो ठाउँमा नेपाली महिला कामदार नपठाउन आग्रह गरे । उनले कुनै पनि रोजगारदाता श्रम गन्तव्य मुलुकमा महिला कामदार पठाउँदा राम्रोसँग बुझेर मात्र पठाउन व्यवसायीलाई सुझाव दिए । उनले लामो समय आन्तरिक द्वन्द्वमा फसेको रुवान्डालगायत मुलुकबाट पनि मुलुकको आर्थिक समृद्धिको पाठ सिक्न व्यवसायी र सम्बन्धित सरोकारवालालाई आग्रह गरे ।

अहिलेसम्म व्यवसायीले यहाँका बेरोजगार युवाहरूको श्रम व्यवस्थापनका लागि खेलेको भूमिका एकदमै अतुलनीय भएको भन्दै उनले व्यवसायीलाई एकजुट भएर अघि बढ्न सुझाव दिए । यस संघको २५औं वर्षगाँठ तथा रजत जयन्तीको अवसरमा आगामी निर्वाचनबाट विजयी हासिल गरेपछि सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । अहिलेसम्म असंगठित रूपमा छरिएका बेरोजगार युवालाई संगठित एवं संस्थागत रूपमा विदेश पठाउने वैदेशिक रोजगार व्यवसायीलाई आफूले पठाएको कामदारले पठाउने रेमिट्यान्सको उचित सदुपयोग गर्ने वातावरण बनाउनसमेत आग्रह गरे । उनले कार्यक्रममा सहभागी व्यवसायीलाई मुलुकले खोजेको आर्थिक समृद्धिको पक्षमा प्रतिबद्ध यस व्यावसायिक समूहका उम्मेदवारलाई मत दिएर जिताउनसमेत आफ्नो पार्टीका तर्फबाट आग्रह गरे ।

नेकपा एमालेका सांसद तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष महेन्द्र शेरचनले २०४८ सालमा आफ्नो नेतृत्वमा पहिलोपटक गठन भएको यस संघमा अहिले धेरै व्यवसायी सहभागी भएकोमा खुसी लागेको भन्दै व्यवसायीलाई थप मर्या्दित र एकजुट भएर अघि बढ्न सुझाव दिए । उनले म्यानपावर कम्पनी सञ्चालनका लागि सरकारलाई बुझाउनुपर्ने धरौटी रकमको दायरा बढाउँदैमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा खासै कमी नआउने बताए । अहिले संघमा भएका व्यवसायीले राम्रोसँग काम नगरेकै कारण वैदेशिक रोजगारीको क्षेत्रमा अनेक समस्या आइलागेको भन्दै उनले संघका व्यवसायीलाई  एकजुट भएर अघि बढ्न सुझाव दिए ।

सो कार्यक्रममा एमाले वैदेशिक रोजगार विभागका इन्चार्ज प्रकाश ज्वाला, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व श्रम तथा रोजगारमन्त्री लेखराज भट्ट, संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूुलगायतले गुरुङ समूहबाट उम्मेदवारी दिएका व्यवसायीलाई बधाईको शुभकामना दिएका थिए । सोही कार्यक्रममा संघको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रोहन गुरुङले यस व्यवसायलाई थप मर्या्दित र व्यवस्थित बनाउन अहिलेसम्म संघको तर्फबाट भएका र गर्न बाँकी रहेका कार्यहरूको जानकारी गराउँदै हाल व्यवसायीले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री ओलीलगायतलाई आग्रह गरेका थिए ।

 यसैबीच, संघका वर्तमान अध्यक्ष विमल ढकाल समूहको तर्पबाट बुधबार राजधानीमा अर्को अन्तिम चुनावी सभा सम्पन्न गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।