logo

ओलीद्धारा व्यवसायीलाई कामदारको सुरक्षामा लाग्न आग्रह

    2324   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीलाई कामदारको सुरक्षा र मुलुकको आर्थिक समृद्धिमा लाग्न आग्रह गरेका छन् । यस्तो आग्रह बुधबार राजधानीमा सम्पन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने २५औं साधारणसभा तथा निर्वाचनका लागि रोहन गुरुङ अध्यक्ष रहेको संयुक्त व्यावसायिक समूहका तर्फबाट आयोजित अन्तिम चुवानी सभामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले व्यवसायीलाई गरेका हुन् ।

मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक रोजगार व्यवसायीको भूमिका एकदमै महत्वपूर्ण भएको भन्दै उनले व्यवसायीलाई सधैं कामदारको सुरक्षा र मुलुकको आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । देशले यहाँका युवालाई बेरोजगार बनाएपछि ती बेरोजगारलाई सुरक्षित वैदेशिक रोजगारीको माध्यमबाट व्यवस्थापन गर्दै आएका वैदेशिक रोजगार व्यवसायीबाट मुलुकको आर्थिक विकासमा ठूलो भूमिका भएको बताउँदै उनले व्यवसायीलाई सत्यको पछि लाग्न आग्रह गरे ।

संघको आगामी नयाँ नेतृत्वका लागि गुरुङ समूहको तर्फबाट उम्मेदवारी दर्ता गराएका सम्पूर्ण व्यवसायीलाई भारी मतले विजय हुने सफलताको शुभकामना व्यक्त गर्दै उनले व्यवसायीलाई जस्तो पाए त्यस्तो ठाउँमा नेपाली महिला कामदार नपठाउन आग्रह गरे । उनले कुनै पनि रोजगारदाता श्रम गन्तव्य मुलुकमा महिला कामदार पठाउँदा राम्रोसँग बुझेर मात्र पठाउन व्यवसायीलाई सुझाव दिए । उनले लामो समय आन्तरिक द्वन्द्वमा फसेको रुवान्डालगायत मुलुकबाट पनि मुलुकको आर्थिक समृद्धिको पाठ सिक्न व्यवसायी र सम्बन्धित सरोकारवालालाई आग्रह गरे ।

अहिलेसम्म व्यवसायीले यहाँका बेरोजगार युवाहरूको श्रम व्यवस्थापनका लागि खेलेको भूमिका एकदमै अतुलनीय भएको भन्दै उनले व्यवसायीलाई एकजुट भएर अघि बढ्न सुझाव दिए । यस संघको २५औं वर्षगाँठ तथा रजत जयन्तीको अवसरमा आगामी निर्वाचनबाट विजयी हासिल गरेपछि सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । अहिलेसम्म असंगठित रूपमा छरिएका बेरोजगार युवालाई संगठित एवं संस्थागत रूपमा विदेश पठाउने वैदेशिक रोजगार व्यवसायीलाई आफूले पठाएको कामदारले पठाउने रेमिट्यान्सको उचित सदुपयोग गर्ने वातावरण बनाउनसमेत आग्रह गरे । उनले कार्यक्रममा सहभागी व्यवसायीलाई मुलुकले खोजेको आर्थिक समृद्धिको पक्षमा प्रतिबद्ध यस व्यावसायिक समूहका उम्मेदवारलाई मत दिएर जिताउनसमेत आफ्नो पार्टीका तर्फबाट आग्रह गरे ।

नेकपा एमालेका सांसद तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष महेन्द्र शेरचनले २०४८ सालमा आफ्नो नेतृत्वमा पहिलोपटक गठन भएको यस संघमा अहिले धेरै व्यवसायी सहभागी भएकोमा खुसी लागेको भन्दै व्यवसायीलाई थप मर्या्दित र एकजुट भएर अघि बढ्न सुझाव दिए । उनले म्यानपावर कम्पनी सञ्चालनका लागि सरकारलाई बुझाउनुपर्ने धरौटी रकमको दायरा बढाउँदैमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा खासै कमी नआउने बताए । अहिले संघमा भएका व्यवसायीले राम्रोसँग काम नगरेकै कारण वैदेशिक रोजगारीको क्षेत्रमा अनेक समस्या आइलागेको भन्दै उनले संघका व्यवसायीलाई  एकजुट भएर अघि बढ्न सुझाव दिए ।

सो कार्यक्रममा एमाले वैदेशिक रोजगार विभागका इन्चार्ज प्रकाश ज्वाला, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व श्रम तथा रोजगारमन्त्री लेखराज भट्ट, संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूुलगायतले गुरुङ समूहबाट उम्मेदवारी दिएका व्यवसायीलाई बधाईको शुभकामना दिएका थिए । सोही कार्यक्रममा संघको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रोहन गुरुङले यस व्यवसायलाई थप मर्या्दित र व्यवस्थित बनाउन अहिलेसम्म संघको तर्फबाट भएका र गर्न बाँकी रहेका कार्यहरूको जानकारी गराउँदै हाल व्यवसायीले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री ओलीलगायतलाई आग्रह गरेका थिए ।

 यसैबीच, संघका वर्तमान अध्यक्ष विमल ढकाल समूहको तर्पबाट बुधबार राजधानीमा अर्को अन्तिम चुनावी सभा सम्पन्न गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।