logo

दुई भन्दा बढी डिम्याट खाता खोल्नेलाई धितोपत्र बोर्डको नयाँ निर्देशन

    1554   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए बन्द गर्न आग्रह गरेको छ । बोर्डले हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

 साथै बोर्डले दुई भन्दा बढी डिम्याट खाता भएका ग्राहकले डिम्याट खाता बन्द गर्न र धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था गर्न समेत सरोकारवाला निकायलाई भनेको छ । लगानी व्यवस्थापनको लागि खोलिएको डिम्याट खाता बन्द गरेमा उक्त खाता बन्द गर्ने जिम्म्मेवारी सम्बन्धित लगानी व्यवस्थापकको हुने व्यवस्था समेत गरिएको पनि छ । 

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वमोजिम निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरी डिम्याट खाता खोल्न सक्ने व्यवस्था वमोजिम लगानीकर्र्ताहरुबाट बहुखाता खोलिरहेकोमा अब बढीमा दुई डिम्याट खाता मात्र संचालन गर्न सक्ने व्यवस्था गरिएकोे छ । यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने छ ।

तर हाललाई लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापनअनुसार डिम्याट खाता खोल्न भने पाउनेछन्  । अन्यको ग्राहकले बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।