logo

दुई भन्दा बढी डिम्याट खाता खोल्नेलाई धितोपत्र बोर्डको नयाँ निर्देशन

    2016   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए बन्द गर्न आग्रह गरेको छ । बोर्डले हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

 साथै बोर्डले दुई भन्दा बढी डिम्याट खाता भएका ग्राहकले डिम्याट खाता बन्द गर्न र धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था गर्न समेत सरोकारवाला निकायलाई भनेको छ । लगानी व्यवस्थापनको लागि खोलिएको डिम्याट खाता बन्द गरेमा उक्त खाता बन्द गर्ने जिम्म्मेवारी सम्बन्धित लगानी व्यवस्थापकको हुने व्यवस्था समेत गरिएको पनि छ । 

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वमोजिम निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरी डिम्याट खाता खोल्न सक्ने व्यवस्था वमोजिम लगानीकर्र्ताहरुबाट बहुखाता खोलिरहेकोमा अब बढीमा दुई डिम्याट खाता मात्र संचालन गर्न सक्ने व्यवस्था गरिएकोे छ । यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने छ ।

तर हाललाई लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापनअनुसार डिम्याट खाता खोल्न भने पाउनेछन्  । अन्यको ग्राहकले बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।