logo

नयाँ आर्थिक वर्ष सुरु भएपनि घटेन व्याजदर 

    1409   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – नयाँ आर्थिक वर्ष सुरुसँगै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याज दर सार्वजनिक गरिरहेका छन् । असार अन्त्यदेखि हालसम्म व्याजदर सार्वजनिक गरिरहेका ६ वाणिज्य बैंकमा एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा सबैभन्दा धेरै व्याज दर प्रस्ताव गरेको हो । बैंकले १ वर्षे मुद्दतीमा ११.५० प्रतिशतसम्म व्याज दर तोकेको छ । तर, यो खातामा निश्चित अवधिपछि पुनः नयाँ व्याज दर लागु हुने बैंकले उल्लेख गरेको छ ।

अन्य वाणिज्य बैंकहरुले भने मुद्दतीमा अधिकत्तम ११ प्रतिशत व्याज दर कायम राखेका छन् । यता, बचत खातामा भने बैंकहरुले ३.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म व्याज दिइरहेका छन् । कर्जा लिनेले भने अहिले महंगो व्याज तिर्नु परिरहेको छ । शीर्षक अनुसार कर्जाको व्याज दर अधिकत्तम २० प्रतिशतसम्म पुगेको छ ।

नयाँ दर सार्वजनिक गरेको मेगा बैंकले कर्जाको शीर्षक अनुसारको न्युनत्तम दर भने उल्लेख गरेको छैन् । बैंकले बेस रेट ११ प्रतिशतको आधारमा थप ४ प्रतिशतदेखि ११ प्रतिशतसम्म व्याज दर तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १९.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो ।

यता, असार ३१ गते नयाँ सुचना सार्वजनिक गरेको सेञ्चुरी कमर्सियल बैंकले कर्जामा ११ प्रतिशतदेखि २० प्रतिशतसम्म तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १८.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो । साउन १ गते नयाँ सुचना सार्वजनिक गरेको सानिमा बैंकले १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म व्याज दर लिइरहेको छ ।

कर्जाको लागि नबिल बैंक सबैभन्दा सस्तो देखिएको छ । बैंकको असार अन्त्यमा ६.६१ प्रतिशत बेस रेट रहेको छ । बैंकले अधिकत्तम १५ प्रतिशत व्याज दर लिइरहेको उल्लेख गरेको छ । असार २७ गते नयाँ दर सार्वजनिक गरेको एनआइसी एशिया बैंकले जेठको बेस रेट १०.९९ प्रतिशत उल्लेख गरेको छ । बैंकले कर्जामा १४ देखि १६ प्रतिशतसम्म व्याज दर लिइरहेको छ । साउन ६ गते नयाँ दर सार्वजनिक गरेको सनराइज बैंकले ११.१९ प्रतिशतदेखि अधिकत्तम १७.१९ प्रतिशतसम्म व्याज दर लिइरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।