logo

नेपाल ग्यासको बजार उपत्यका बाहिर पनि फैलिँदै 

    1983   पटक पढिएको

२ असार / अर्थ र व्यापार - उपत्यकाभित्र मात्रै बिक्री वितरण हुँदै आएको नेपाल ग्यासले चितवनमा पनि बिक्री सुरु गरेको छ । नेपाल ग्यास उद्योग प्रालिले चितवनका साथै नवलपरासीमा समेत बिक्री वितरण गर्ने गरी नेपाल ग्यास  बिक्री शुभारम्भ गरेको हो । एक समारोहकाबीच पोल्ट्री अभियन्ता तथा उद्योगका सञ्चालक गुणचन्द्र विष्टले औपचारिक बिक्री गरी नेपाल ग्यास वितरणको शुभारम्भ गरे ।

चितवनका उपभोक्ताहरुको माग अनुसार चितवन र नवलपरासीमा एकसाथ बिक्री शुभारम्भ गरेको हो । काठमाडौंको बालाजु र सिमरामा रहेको नेपाल ग्यासको प्लान्ट अटोमेशनमा लगिसकेको छ । नेपाल ग्यासको ८७ टनको क्षमता एघार गुणा वृद्धि गरेर हजार टन पुर्याउने कार्य अन्तिम चरणमा पुगेको  छ । नेपाल ग्यास सेमी अटोमेशनबाट पूर्ण अटोमेशनमा लगेर दैनिक ३५ हजार सिलिण्डर भरेर बजारमा बिक्री गरेकोे छ ।

चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यविन्दु ट्रेडिङ्गमार्फत नेपाल ग्यासको विक्री वितरण हुने छ । नेपाल ग्या सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँमा पहिलो रोजाई बनेको र नेपाल ग्यास  चितवनमा पनि लोकप्रिय बन्ने विश्वास छ ।

अहिले बजारमा नेपाल ग्यासले मात्रै आठ लाख सिलिन्डर बिक्री वितरण गर्दै आएको छ । देशभर विभिन्न कम्पनीको ७० लाख सिलिण्डर ग्यास रहेको मध्ये काठमाडौंमा मात्र नेपाल ग्यासको २० प्रतिशत भन्दा बढी बजार हिस्सा रहेको छ । नेपाल ग्यासले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह समेत पाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।