logo

एनसेलको नौं महिनाको खुद मुनाफा १२ अर्ब १८ करोड रुपैयाँ, भ्वाइस कलको ब्यापार घट्यो

    2171   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार - निजी दुरसंचार सेवा प्रदायक एनसेलको नाफा घटेको छ। सन् २०१९ को तेस्रो त्रैमाशिक अवधिमा एनसेलको खुद नाफा १९.३५ प्रतिशतले घटेको हो। कम्पनीको सञ्चालन आम्दानी ५.७१ प्रतिशतले घट्दा नाफामा गिरावट आएको हो।

तेस्रो त्रैमाशिक अवधिमा एनसेलले १२ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा एनसेलले १५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो।  दूरसञ्चार सेवा प्रदान गरिरहेको एनसेलले सञ्चालन कुल आम्दानी ४१ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष कम्पनीको यस्तो आम्दानी ४४ अर्ब १२ करोड रुपैयाँ थियो। भ्वाइस सेवाबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुँदा कुल आम्दानी प्रभावित भएको हो। 

कम्पनीले नेपाल सरकारलाई दूरसञ्चार सेवा मार्फत भुक्तानी गर्नु पर्ने शुल्क तिर्दा पनि नाफामा असर गरेको जनाएको छ। कम्पनीले रोयल्टी बापत यस वर्ष दुई अर्ब रुपैयाँभन्दा माथि भुक्तानी गरेको थियो। एक्जिएटाले नेपाल सहित मेलेसिया, इन्डोनेसिया, बंगलादेश, श्रीलङ्का, कम्बोडियामा टेलिकम कम्पनी खोलेर सेवा प्रदान गरिरहेको छ। ६ वटा देशमध्ये यस वर्ष एनसेलको नाफा घटेको हो। 

एक्जिएटाले लगानी गरेकामध्ये सबैभन्दा धेरै मलेसियाको सेलकमले ५४ करोड २४ लाख मेलेसियन रिङगेट नाफा आर्जन गरेको छ। नाफामा गिरावट आए पनि नेपाल दोस्रो नम्बरमा छ। नेपालले ४४ करोड २४ लाख  रिङगेट नाफा आर्जन गरेको हो। एक्जिएटाको टेलिकम्युनिकेसन अन्तर्गतका लगानीमा नाफा भए पनि अन्य क्षेत्रमा गरिएका लगानी नोक्सानमा छ। समग्रमा ग्रुपको नाफा भने एक अर्ब ३१ करोड रुपैयाँ रिङगेट छ।

पछिल्ला दुई वर्षदेखि एनसेलको भाइस कल सेवा मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको छ। मलेसियमा पनि भ्वाइस कल मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको एक्जिएटाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।