logo

माउण्ट एभरेष्ट ब्रुअरीद्वारा उत्पादित एभरेष्ट बियरको निर्यात विस्तार गरिने

    1947   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । भरतपुर महानगरपालिका–१२ मा रहेको सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ । श्रेष्ठका अनुसार अमेरिकामा एभरेष्टको ट्रेड दर्ता भइसकेको छ । कोरिया र अष्ट्रेलियामा पनि दर्ताको प्रक्रिया भइरहेको उनले बताए ।

ब्रुअरीले १२ वर्षयता जापानमा एभरेष्ट बियर पठाउँदै आएको छ । वार्षिक चार कन्टेनर बियर जापान जाने गरेको उनले बताए । तीन वर्षअघिबाट बेल्जियम र दुई वर्षअघिबाट अष्ट्रेलिया बियर पठाइँदै आएको छ । वार्षिकरूपमा पाँच कन्टेनर बेल्जियम र तीन कन्टेनर अष्ट्रेलिया जाने गरेको श्रेष्ठले बताए । सात वर्षअघि चीन जाने गरेको भए पनि त्यहाँको बजार बढी प्रतिस्पर्धी भएपछि धान्न नसक्दा हाल रोकिएको छ । हाल निर्यात भइरहेका देशमा खपत बढाउने र नयाँ देशमा निर्यात शुरु गर्ने योजनामा कम्पनी रहेको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम रहेको बियर भएकाले विदेशीले विशेष रुचि राखेको उनले बताए । कतिपयले बियर पिएपछि स्टिकर निकालेर राख्ने गरेको उनको भनाइ छ ।

सरकारले निर्यात गर्दा राजश्वमा छुट दिने गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालका अनुसार बियर निर्यात गर्दा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ । रिजालका अनुसार नेपाली बजारमा समेत बिक्री गर्ने यस ब्रुअरीले चालू आवको फागुन मसान्तसम्म रु एक अर्ब १० करोड १६ लाख २७ हजार अन्तःशुल्क बुझाइसकेको छ । माउण्ट एभरेष्ट ब्रुअरीले एभरेष्ट प्रिमियमसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ । विसं २०४२ मा अमात्य परिवारले शुरु गरेको यस कम्पनीको पहिलो बियर सानमिगलको ब्राण्ड खोसिएपछि करीब बन्दको अवस्थामा पुगेकामा ब्राण्ड थप गरी निर्यातसमेत गर्न थालेपछि बजार विस्तार गर्न सकेको श्रेष्ठले बताए । कम्पनीमा हाल २२५ ले रोजगारी पाएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।