logo

लगानीकर्ताको सम्पत्ति ५ अर्बले बढ्यो

    1413   पटक पढिएको

८ असार / अर्थ र व्यापार - बुधबार नेप्से परिसूचक ३ दशमलव ६२ अंक बढेको छ । परिसूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति पनि ५ अर्ब बढेको छ । अघिल्लो दिन १ हजार ५ सय ५० को टेवा परीक्षणमा रहेको नेप्से परिसूचक यस दिन सोही बिन्दुमा टेवा पाएर उकालो लागेको हो । बजार खुलेदेखि ओरालो लागेको नेप्से कारोबारको १ घन्टा अवधिपछि बढ्न थालेको थियो । मध्याह्नमा १ हजार ५ सय ५८ बिन्दुमा पुगेको नेप्से बजारमा बिक्रीकर्ताहरूको चाप बढ्न थालेपछि अन्तिम समयमा सामान्य घटेर १ हजार ५ सय ५४ दशमलव ६९ बिन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकममा भने केही सुधार हुन सकेन । तरलताको कमी र सेयर आपूर्ति बढेका कारण कारोबार रकम घट्ने क्रममा रहेको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ११ करोड १७ लाख घटेको छ । लगानीयोग्य पुँजी बढाउन बैंकहरूले दिइरहेको उच्च ब्याजदरले पनि कारोबार रकममा प्रभाव परेको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ३५ दशमलव ५१ स्केलमा रहेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६८ अंक बढेर ३ सय २९ दशमलव ७५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५२ कम्पनीको ४ हजार ७ सय ८९ पटकको कारोबारमा रू. ४६ करोड ७५ लाखबराबरको ८ लाख ९३ हजार कित्ता सेयर खरिद बिक्री भयो । यस दिन एभरेष्ट बैंकको रू. ४ करोड १० लाखबराबरको सेयर कारोबार भएको छ । फरवार्ड कम्युनिटीको सेयर मूल्य यस दिन ६ प्रतिशत बढेको छ भने हिमालयन डिस्टिलरीको सेयर मूल्य साढे ७ प्रतिशत घटेको छ ।

यस दिन बिमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ३३ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ३४ प्रतिशत, वित्त समूहको शून्य दशमलव २ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १७ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।