logo

८५ प्रतिशतले अन्तर बैंक भुक्तानीमा शुल्क घट्यो

    1394   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल आइपीएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क घट्ने भएको छ ।

साउनदेखि नेपाली मुद्राको कारोबारमा सदस्यहरुले कारोबार शुल्क रकम सिमाको आधारमा रु. २ देखि रु. १५ सम्म तिरे पुग्ने भएको छ । विदेशी मुद्रा कारोबारमा कारोबार शुल्क रु. १५ रहेनछ । असारसम्म भने हाल कायम रहेको कारोबार शुल्क रु. २ देखि रु. १ सय नै रहनेछ ।

कम्पनीको नयाँ व्यवस्थाअनुसार नेपाली मुद्राको कारोबार सिमा रु ५सय सम्ममा २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजार सम्ममा ५ रुपैयाँ शुल्क, ५ हजारदेखि ५० हजारसम्ममा १० रुपैयाँ शुल्क र र ५० हजार भन्दामाथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको आन्तरिक व्यवस्था अनुसार ग्राहकलाई तोकिने शुल्क भने फरक पर्ने भएकोले ग्राहकहरुलाई बैंकमा नै सम्पर्क राख्न एनसीएचएलले उल्लेख गरेको छ ।

एनसीएचएल आइपीएसमार्फत ग्राहकको रकम ट्रान्सफर, रेमिट्यान्स, तलबभत्ता, लाभांश, आइपीओ रिफन्ड, शुल्क रकम , बिमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिटकार्ड बिल भुक्तानीजस्ता काम ७७ भन्दाबढी सदस्यहरु मार्फत गर्न सकिन्छ । कारोबार शुल्क परिमार्जनले बैंक खाताबाट सिधै भुक्तानी कारोबार गर्न सहज हुने र यसको पहुँच समेत वृद्धि हुने छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।