logo

कोभिड–१९ को संक्रमण बढेसंगै डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा बृद्धी 

    1382   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– कोभिड–१९ को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर लगाएत डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा उच्च बृद्धी भएको छ।  

भन्सार विभागको तथ्यांक अनुसार गत साउन महिनायता मास्क, स्यानिटाइजर लगाएत  डिसइन्फेक्सनरी सामग्री आयातका कारण मुलुकबाट १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको देखाएको हो।

डिसइन्फेक्सनरी सामाग्रीको आयात बढ्न थालेसंगै भन्सार विभागले जेठ १५ बाट औपचारिक रूपमा मास्क, स्यानिटाइजर लगाएतका सामग्रीहरूको आयातको पनि छुट्टै तथ्यांक राख्न सुरु गरेको थियो। 

नेपालमा साउनदेखी स्यानिटाइजरका लागि मात्रै ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। 

यस्तै फेस मास्कका लागि ५० करोड ३२ लाख रुपैयाँभन्दा बढी र अन्य डिसइन्फेक्सनका सामग्रीहरुको आयतमा १८ करोड ८७ लाख भन्दा बढी रकम बाहिरिएको छ। 

कोभिड(१९को संक्रमण बढ्दै जाँदा नेपालमा ‘फेस मास्क’को आयातमा समेत उच्च वृद्धि भएको देखिएको हो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।