logo

सुर्तीजन्य पदार्थको आयात बढ्यो

    2109   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार-    नेपालमा मुख्य रुपमा चुरोट, तयारी सुर्ती र गुट्खा लगायत उत्पादनमा सुर्तीको खपत छ । सुर्तीजन्य उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग हुने सुर्तिको आयात बढेको छ । यसपाली वीरगन्ज नाका भएर आयात हुने सुर्तीको पैठारी ४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा डेढ गुणा सुर्ती आयात बढेको हो । 

यो वर्ष कूल ५९ लाख १९ हजार ४ सय ७५ किलो सुर्ती साउनदेखि वैखाशभित्र आयात भएको छ । पोहोर यस्तै अवधीमा ३९ लाख ५५ हजार ७ सय ७९ किलो सुर्ती यस नाका भएर आयात भएको थियो 

सुर्तीमा अन्त शुल्कको दर उच्च रहेकोले यसमा भन्सारलाई राजश्व पनि राम्रो नै प्राप्त हुने गरेको छ । सबै गरेर मुल्यको करिब आधा अर्थात ५० प्रतिशतको हाराहारीमा सुर्तीबाट भन्सारलाई राजश्व आम्दनी छ । दुई अर्ब १२ करोड ८१ लाख २३ हजाको सुर्ती आयातमा भन्सारलाई भन्सार महसुल, अन्तशुल्क र मुल्य अभिवृद्धी कर गरी १ अर्ब ६ करोड ८० लाख २५ हजार रुपैया राजश्व प्राप्त भएको छ । पोहोर १ अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैया बराबरको सुर्ती आयात गर्दा ६८ करोड ८६ लाख ३२ हजार रुपैया राजश्व प्राप्त भएको थियो । 

सिंगै पात सहितको सुर्तीमा मुल्यको हिसाबले १५ प्रतिशत र धुलो सुर्तीमा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । त्यसतै मुल्य अभिवृद्धी कर पनि मुल्यमा १३ प्रतिशत लाग्ने हो । अन्तशुल्क भने परिमाणमा लाग्ने गरेको छ । चुरोट बनाउने सुर्तीमा प्रतिकिलो २ सय ५ रुपैया र चुना हालेर सेवन गर्ने सुर्तीमा २ सय ५३ रुपैया प्रतिकिलो अन्तशुल्क लाग्ने गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।