logo

साउनबाट पचास हजारभन्दा माथिको वैदेशिक व्यापार गर्न अनिवार्य सङकेत नम्बर लिनुपर्ने 

    1733   पटक पढिएको

५ असार / अर्थ र व्यापार - सरकारले आउँदो साउनदेखि ५० हजार रुपैयाँ माथिको आयात तथा निर्यात गर्ने व्यवसायीहरुले अनिवार्यरुपमा निकासी पैठारी सङकेत नम्बर (एक्जिम कोर्ड) लिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । यस व्यवस्था अनुरुप भारत, चीन तथा तेश्रो मुलुकबाट बस्तु तथा मालसामान अयात निर्यात गर्न व्यवसायीहरुले सो को अनुमतिकारुपमा अनिवार्य सङ्केत नम्बर लिनुपर्ने भएको छ । तर ५० हजार भन्दा कमको आयात निर्यात गर्ने तथा एक पटकमा २५ हजार मूल्य सम्मको मालवस्तु पैठारी र ५ लाख बराबरको मालसामान निकासी गर्न भने सङ्केत नम्बर आवश्यक पर्ने छैन् ।


तर सङ्केत नम्बर लिएका व्यावसायीहरुले जतिसुकै मूल्यको मालसामान निकासी वा पैठारी गर्दा पनि सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस्तै, सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कुटनीतिक नियोग लगायतले गैर व्यापारिक प्रायोजनका लागि निकासी तथा पैठारी गर्दा भने सङ्केत नम्बर लिनु पर्ने छैन् । सङ्केत नम्बर प्राप्त गर्न मालवस्तु निकासी वा पैठारी वा दुद्द्बै प्रकारका कारोबार गर्ने व्यवसायीले प्रचलित कानुन बमोजिम नियमित रुपमा कर विवरण बुझाउँदै आएको तथा आन्तिरिक राजस्व विभाग र विभाग अन्तर्गतका कार्यलयहरुले कारोबार रोक्का नगरेको र चुक्ता पूँजी २० लाख भएको हुनुपर्ने छ।


तर निकासी मात्र गर्नेको हकमा भने चुक्ता पूँजी ५ लाख भए पुग्ने विभागले बनाएको ‘निकासी पैठारी सङ्केत नम्बर प्रदान गर्ने सम्बन्धी कार्य्विधि, २०७३’ मा उल्लेख गरिएको छ । त्यस्तै, यो सङ्केत नम्बर प्राप्त गर्न निकासी कारोबार मात्र गर्नेले वाणिज्य बैंकले जारी गरेको न्युनतम एक वर्षको अवधि भएको १ लाख रुपैंयाँको तथा निकासी पैठारी दुबै गर्नेहरुको हकमा १० लाख रुपैयाँको बैंक जमानत गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।