logo

विश्वव्यापी सञ्जाल बनाउन सफल हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

    1431   पटक पढिएको

१३ पुस/ अर्थ र व्यापार - विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कूल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बताएका छन् ।

हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा सुरक्षा चासो देखाउँदै सरकारी कार्यालय र सार्वजनिक ओहोदाका व्यक्तिलाई उक्त कम्पनीद्वारा निर्मित सामग्री प्रयोग नगर्न भनिएको थियो । बेलायतले पनि उक्त कम्पनीद्वारा निर्मित इलेक्ट्रोनिक सामग्री प्रयोग नगर्न आफ्नो सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

हुवावेका अध्यक्ष कुओ पिङले नयाँ बर्षको सन्देशका रूपमा बिहीबार खुशी बाँड्दै आफ्नो कम्पनीले सन् २०१८ मा एक खर्ब आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको बताए । यो गत बर्षको तुलनामा २१ प्रतिशतले बढी हो । आफ्नो कम्पनीमाथि एकाएक अविश्वसनीय पक्षपातपूर्ण व्यवहार भएपनि कम्पनीले आम्दानीलाई बढाउन सफल बनेको उनले बताए ।
हुवावेले यस पहिला कसैप्रति कुनै सुरक्षा चुनौति खडा नगरेको र भविष्यमा पनि नगर्ने उनको दाबी थियो ।

“सुनलाई परीक्षण गर्ने उत्तम विकल्प आगो हो ।” हुवावे पनि आफ्नो कठीन परीक्षणको अवस्थामा रहेको र अन्त्यमा सत्यको विजय हुने उनको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।