logo

चौधरी समूहको साझेदार होटल उबुम्बे ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी

    1317   पटक पढिएको

१० पुस /अर्थ र व्यापार - रुवाण्डामा लामो समयदेखि लगानीकर्ता विवाद झेलिरहेको चौधरी समूह समेत साझेदार रहेको होटल उबुम्वे अन्तत एक साझेदारले आफ्नो बनाएका छन् । सोमबार भएको लिलामीमा होटल ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी भएको हो ।

तीन साझेदार रहेको होटल मुकवानो समूहका अलिखान कारमालीकै अर्को कम्पनीले लिलाम बढाबढमा सबैभन्दा बढी रकम तिर्दै आफ्नो बनाएको हो । किगालीस्थित होटलमै भएको लिलामीमा उमुबानो इन्डस्ट्रिजका तर्फबाट हसन गासानाले अन्य चार ले भन्दा बढी रकममा होटलको स्वामित्व कबुलेका थिए । उमुबानो इन्डस्ट्रिज पनि मुक्वानो समूहकै भएको स्रोतले जनाएको छ ।

होटलमा चौधरी ग्रुपको सिजी कर्प ग्लोबल, रुवगाण्डाको निजी क्षेत्रको उद्योग संघका अध्यक्ष रोबर्ट बाफाकुलेरा र मुक्वानो समूहका कारमालीको लगानी थियो । तीन साझेदार बीच होटललाई चौधरी समूहको जिंक ब्राण्डमा संचालन गर्ने सहमति भएपनि दुई साझेदारले सहमति तोड्दै होटललाई हिल्टन समूहको डबल ट्रि ब्राण्ड अन्तर्गत संचालन गर्न लागेको चौधरी समूहले आरोप लगाएको थियो ।

होटल संचालन हुनु अघि नै आपसी सहमति तोडिएको भन्दै सुरु भएको महिनौं लामो बिबादपछि साझेदारहरुले बैंकलाई तिर्न बाँकी १ करोड ८० लाख डलर केसिबी रुवाण्डा बैंकले लिलामी मार्फत असुल गरेको हो । लिलामीमा अन्य चार इच्छुक कम्पनीहरु पनि अन्तिमसम्म होटल आफ्नो बनाउन भिडेका थिए । तर मुक्वानो समूहले नै होटलको स्वामित्व हत्याउन सफल भएको छ । संचालन हुनु तीन महिना अघि नै तीन साझेदारबीच सुरु भएको विवादले होटल लिलामीको अवस्थामा पुगेको थियो ।  

साझेदारहरु बीच असमझदारी बढेपछि ऋण असुल्न कठिनाई हुने देखेर केसिबी रुवाण्डाले लिलामीबाट ऋण उठाइपाउँ भन्दै गत सेप्टेम्बरमा रुवाण्डा विकास बोर्डलाई पत्र लेखेको थियो । त्यसै अनुसार होटल लिलामी प्रक्रियामा गएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।