logo

सुनको मुल्य तोलामा ३ सयले घट्यो

    1644   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - बुधबार सुनको मुल्य ३०० रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा यसको असर नेपाली बजारमा पनि परेको थियो । तर सुनको भाउ दुई हप्तामा प्रति तोला २६०० रुपैयाँले घटेको छ । फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म कारोबार भएकोमा त्यसयता लगातार घट्दा बुधबार ६० हजार ७०० रुपैयाँमा झरेको हो । 

अमेरिका र चीन विचको ब्यापार युद्धको प्रभावले सुनको भाउ बढेको थियो । पछिल्ला दिनमा डोनाल्ट ट्रम्पले विवाद समाधानको लागि निरन्तर पहल गरेसँगै डलरको अवस्था सुधार भएपछि सुनमा गिरावट आएको हो । अमेरिकी अर्थतन्त्रमा केहि सुधारका संकेत देखा पर्दा डलर मजबुत हुने क्रम बढेको र सुनको भाउ घट्न थालेको हो । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर ७४० रुपैयाँमा कारोबार भएको छ । गत फागुन ८ गते चाँदीको भाउ पनि अधिकतम ७८४ रुपैयाँमा कारोबार भएको थियो । त्यस यता चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले घटेको थियो । 

सुन चाँदीको भाउ अस्वभाविक रुपमा बढ्न थाले पछि नेपाली बजारमा कारोबार नै सुस्ताएको थियो । नेपालमा सुनको भाउ ६० हजार रुपैयाँ नाघेपछि कारोबार नै घट्ने गरेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।