logo

फिनल्याण्डका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह, शिक्षा र सूचना प्रविधिमा लगानी गर्न ईच्छुक

    1900   पटक पढिएको

६ मंसिर /अर्थ र व्यापार - आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्स,  फिनल्याण्डको विदेश मन्त्रालय र फिन पार्टनरशीपको संयुक्त आयोजनामा “डुईङ बिजनेश विथ फिनल्याण्ड” विषयक गोष्ठीमा उनले मुलुकमा हाल आर्थिक विकासको गतिका लागि “सुखी नेपाल, समृद्ध नेपाली” को नारा सार्थक बनाउन सरकारी र निजी क्षेत्रको एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताए।

सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा जोड दिएको उनले बताए। कार्यक्रममा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक विग्रिट नेभ्लाले फिनपार्टनरशीप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत गरे। उनले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधी लगायतका क्षेत्रमा सहयोग गर्नसक्ने बताए। नेपालमा पर्यटन प्रबद्र्धनको लागि समेत फिनल्याण्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए। ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पुयाई नेपालका उद्योगी व्यवशायीहरुले फाइदा लिन सक्ने उनले बताए।

कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्याण्ड बीच व्यापार र लगानी ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य वृद्धि गर्न सकिने बताए। व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरुमा पनि फिनल्याण्डसँग नेपालको निकासी बढाउने संभावनालाई मूर्त रुप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एवं सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताए।सन् २०१८ मा नेपालको फिनल्याण्डसँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।