logo

अख्तियारद्धारा मुद्दा भए पनि विशाल बजारमा अनियमितता कायमै

    2135   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार-काठमाडौँको न्यूरोड स्थित विशाल बजारको सटर भाडा कौडीको मूल्यमा दिइएको भन्दै ०७१ साल जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना संचालक विरुद्ध मुद्दा दायर गरेको थियो । हालैको अध्यक्ष रविन्द्रलाल श्रेष्ठसहितका संचालक विरुद्दमा विशेष अदालतमा ९ करोड ७५ लाख विगो दाबी गर्दै मुद्दा दायर भयो।यो मुद्दा अझै टुंगो लागेको  छैन्। अख्तियारले विशाल बजारका शेयरधनी, कम्पनी निकट रहेका र अतिरिक्त पैसा दिनेलाई भुईतलाका लागि प्रतिवर्ग फिट ६४ रुपैयाँ ७२ पैसामा भाडा दिइएको आरोप लगाएको थियो।

अख्तियारको मुद्दापछि एघारमध्ये आठ कारबाहीमा परे र केही संचालकले राजीनामा पनि दिए तर कम्पनीमा लगानी भएका नेपाल खाद्य संस्थानका प्रमुख कार्यकारी अधिकृत शिवहरी श्रेष्ठ र नेशनल ट्रेडिङ कम्पनीबाट गोपाल घिमिरे संचालक सदस्यको रुपमा कार्यरत नै छन्। विशाल बजारमा अहिले फेरी उस्तै समस्या मौलाएको छ ।

 प्रमुख कार्यकारी अधिकृत दीलिपजंग शाहले विशाल बजारको छत पार्टी प्यालेशलाई भाडामा दिएका छन्। उनले १२ रुपैयाँ स्क्वायर फूटमा पार्टी प्यालेशलाई भाडामा दिएका हुन्। अझ उनले ६ महिनाको भाडा छुट दिएको छ । तर उनले कम्पनीको आम्दानी बढाउन खाली रहेको स्थान भाडामा दिएको दाबी गर्छन्।

 प्रमुख कार्यकारी अधिकृत शाहले आम्दानी बढाउन छत भाडामा दिएको बताएपनि न्यूनदरमा भाडा दिएको बारेमा केही बोलेनन्। संचालक र प्रमुख कार्यकारी अधिकृत शाहले विशाल बजार सुधारमा कुनै ध्यान दिएका छैनन् ।आफ्ना नजिकका व्यक्तिलाई कम्पनीमा जागिर दिने र कमदरमा भाडा दिनेमै ध्यान केन्द्रित गरेको छ।
 
अख्तियारले मुद्दा हालेपछि केही समय सुधारको प्रक्रिया अगाडी बढाउन सुरु भएको थियो तर अहिले अख्तियारले मुद्दा हाल्नुभन्दा अघिको जस्तै वेथिती छ । सर्वसाधरणको लगानी भएको कम्पनीलाई वेवारिसे बनाउने काम भएको छ । अख्तियारले अनियमितता भन्दै मुद्दा हालेपनि विशाल बजारको वेथिती रोकिएको छैन। सर्वसाधरणको समेत लगानी भएको विशाल बजारको चार सय पसल मध्ये डेढ सय बन्द छ ।अझ राजधानीको प्राइम लोकेशनमा रहेको स्थान अहिले गोदाममा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।