logo

आन्तरिक हवाइ भाडा दर घट्यो

    2009   पटक पढिएको

२० असार / अर्थ र व्यापार – निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन् । नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ ।  भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगंजको ९ हजार ५ सय थियो ।

पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपर्दथ्यो भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ ।  यसअघि ४ हजार रुपैयाँ लिदैँ आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको छ । सबैभन्दा कम दुरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ मात्र घटेको छ । सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडा अनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ । भरतपुरको पुरानो भाडा ३५ सय थियो । तुलिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।