logo

आन्तरिक हवाइ भाडा दर घट्यो

    1656   पटक पढिएको

२० असार / अर्थ र व्यापार – निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन् । नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ ।  भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगंजको ९ हजार ५ सय थियो ।

पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपर्दथ्यो भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ ।  यसअघि ४ हजार रुपैयाँ लिदैँ आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको छ । सबैभन्दा कम दुरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ मात्र घटेको छ । सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडा अनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ । भरतपुरको पुरानो भाडा ३५ सय थियो । तुलिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।