logo

सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने

    1500   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार -  चौधरी समूहको सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । सिजीले सन् २०२० मा साधारण शेयर जारी गर्नुका साथै तयारी चाउचाउ बाहेक अन्य दैनिक उपभोग्य वस्तुको उत्पादनसमेत थाल्ने भएको छ । 
भारतमा अहिलेको बार्षिक उत्पादन क्षमतालाई दोब्बर पार्दै सन् २०२० सम्ममा ५ लाख प्याकेट चाउचाउ बिक्री गर्ने कम्पनीको योजना छ । यो बाहेक सिजी कर्प ग्लोबलले सौन्दर्य प्रशाधन र लुगा धुने पाउडर (नयाँ ब्राण्ड) को साथै लोकप्रिय वाइवाइ ब्राण्डमा तयारी खाजा, अन्न लगायतको उत्पादनसमेत ल्याउने भएको छ ।  

चौधरी समूहका अध्यक्ष बिनोद चौधरीले भने ‘सन् २०२० मा हाम्रो सिजी फुड इण्डियाले प्राथमिक शेयर जारी गर्ने छ ।’ सिजी फुड इण्डियाको बार्षिक कारोबारको आकार १ हजार करोड भारु बराबर छ । अध्यक्ष चौधरीले भने ‘हामी युरोपेली कम्पनीसँगको सहकार्यमा पर्सनल केयरका उत्पादन लिएर सन् २०१९ मा बजार प्रवेश गर्नेछौँ । नेपालमा हामी पहिलेदेखि नै अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गरिरहेका छौं ।’

गत साता मात्रै कजाकिस्तानमा चाउचाउ प्लान्ट खरिद गरेको सिजी कर्प ग्लोबलले बंगलादेशमा यसै महिनादेखि वाइवाइ चाउचाउ उत्पादन शुरु गर्दैछ । इजिप्टको राजधानी कायरो नजिकै साथै श्रीलंकामा समेत वाइवाइको प्लान्ट बिस्तार गरिन लागेको चौधरीले जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।