logo

सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने

    1621   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार -  चौधरी समूहको सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । सिजीले सन् २०२० मा साधारण शेयर जारी गर्नुका साथै तयारी चाउचाउ बाहेक अन्य दैनिक उपभोग्य वस्तुको उत्पादनसमेत थाल्ने भएको छ । 
भारतमा अहिलेको बार्षिक उत्पादन क्षमतालाई दोब्बर पार्दै सन् २०२० सम्ममा ५ लाख प्याकेट चाउचाउ बिक्री गर्ने कम्पनीको योजना छ । यो बाहेक सिजी कर्प ग्लोबलले सौन्दर्य प्रशाधन र लुगा धुने पाउडर (नयाँ ब्राण्ड) को साथै लोकप्रिय वाइवाइ ब्राण्डमा तयारी खाजा, अन्न लगायतको उत्पादनसमेत ल्याउने भएको छ ।  

चौधरी समूहका अध्यक्ष बिनोद चौधरीले भने ‘सन् २०२० मा हाम्रो सिजी फुड इण्डियाले प्राथमिक शेयर जारी गर्ने छ ।’ सिजी फुड इण्डियाको बार्षिक कारोबारको आकार १ हजार करोड भारु बराबर छ । अध्यक्ष चौधरीले भने ‘हामी युरोपेली कम्पनीसँगको सहकार्यमा पर्सनल केयरका उत्पादन लिएर सन् २०१९ मा बजार प्रवेश गर्नेछौँ । नेपालमा हामी पहिलेदेखि नै अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गरिरहेका छौं ।’

गत साता मात्रै कजाकिस्तानमा चाउचाउ प्लान्ट खरिद गरेको सिजी कर्प ग्लोबलले बंगलादेशमा यसै महिनादेखि वाइवाइ चाउचाउ उत्पादन शुरु गर्दैछ । इजिप्टको राजधानी कायरो नजिकै साथै श्रीलंकामा समेत वाइवाइको प्लान्ट बिस्तार गरिन लागेको चौधरीले जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।