logo

एक वर्षमै बीमा कम्पनीको विजनेश २४ % ले बढ्यो

    1225   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – बीमा कम्पनीहरुले एक बर्षमा २४ प्रतिशतले आफ्नो व्यवसाय बढाएका छन् । जीवन तथा निर्जीवन बीमाहरुले गत आर्थिक वर्ष २०७३/७४ मा ५८ अर्ब ६७ करोड रुपैयाँको विजनेस गरेका छन् ।

जीवन बीमा कम्पनीले २० प्रतिशतले आफ्नो व्यावसाय बढाएका छन् । जसमा ४ प्रतिशत हिस्सा बैदेशिक रोजगारीमा जानेहरुले गर्ने म्यादी जीवन बीमा रहेको छ । जीवन बीमा कम्पनीले गत आर्थिक बर्षमा ३८ अर्ब ४० करोड रुपैयाँको विजनेस गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ३१ अर्ब ९७ करोड रुपैयाँको व्यवसाय गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको पहिलो प्रिमियम भने ११ प्रतिशतले बढेको हो । कम्पनीहरुले गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । बैदेशिक रोजगारी म्यादी जीवन बीमा बापत कम्पनीहरुले गत आर्थिक बर्षमा दुई अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन् । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ८२ करोड रुपैयाँ थियो ।

जीवन बीमा कम्पनीहरुले बीमा लेख नविकरण बापत २५ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीहरुले अघिल्लो बर्ष यस्तो प्रमियम २० अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षमा २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका थिए । निर्जीवन बीमा कम्पनी तर्फ शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा सबैभन्दा धेरै दुई अर्ब ७७ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा तीब्र व्यवसाय विस्तार गर्नेमा एनबी इन्स्योरेन्स रहेको छ । लामो समय ‘सिक’ अवस्थामा रहेको कम्पनी अघिल्लो बर्ष आइएमई समूहले ‘टेकओभर’ गरेसँगै सुधार भएको हो । कम्पनीले गत वर्ष ६९ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । अघिल्लो वर्ष एनबीले ३५ करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।