logo

एप्पलको वित्तिय विवरण सार्वजनिक, आम्दानीमा ४.५ प्रतिशतको गिरावट

    1318   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार - एप्पलले सन् २०१८ को अन्तिम त्रैमासमा एक हजार ९९७ करोड डलर नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो सन् २०१७ को अन्तिम त्रैमासको तुलनामा १ प्रतिशतले कमी हो । यस अवधिमा एप्पलको आम्दानीमा ४.५ प्रतिशतको गिरावट देखिएको छ ।

२०१८ को डिसेम्बरसम्ममा एप्पलको आम्दानी ४.५ प्रतिशतले घटेर ८ हजार ४३१ करोड डलर भएको छ । चीनमा एप्पलको विक्री कम भएका कारण आम्दानीमा गिरावट देखिएको हो । त्यस्तै २०१७ को डिसेम्बरको तुलनामा २०१८ को डिसेम्बरसम्ममा एप्पलको आइफोन विक्री १५ प्रतिशतले घटेको छ । एप्पलको ६० प्रतिशत आम्दानी आइफोनको विक्रीबाट नै आउने गर्दछ ।

१७ बर्षमा पहिलोपटक डिसेम्बर त्रैमासमा एप्पलको मुनाफा र आम्दानीमा गिरावट देखिएको हो । योभन्दा पहिले सन् २००१ मा यस्तो भएको थियो । त्यो समय छुट्टीवाला त्रैमास हुने भएकाले पनि एप्पलको लागि डिसेम्बर त्रैमास महत्वपूर्ण हुने गर्दछ, जसमा कम्पनीहरुमा आफ्ना उत्पादन बढ्ने आशा रहेको हुन्छ ।

कम्पनीका सीईओ टिम कुकुले डिसेम्बरमा लगानीकर्ताहरुलाई पत्र लेखेर चीनमा विक्री घटेका कारण अन्तिम त्रैमसामा कुल आम्दानी पछिल्लो अनुमानभन्दा ५.५ प्रतिशतले कम हुने बताएका थिए । २०१८ को अन्तिम त्रैमासमा चीनमा एप्पलको कमाई एक हजार ३१७ करोड डलर रहेको छ । यो २०१७ को यसै अवधिको तुलनामा २७ प्रतिशतले कमी हो । गत २०१७ को डिसेम्बर त्रैमासमा चीनमा एप्पलको आम्दानी एक हजार ७९६ करोड डलर रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।