logo

सौर्य ऊर्जामा अपी पावरले लगानी गर्ने

    2716   पटक पढिएको

 २४ जेठ / अर्थ र व्यापार-   जलविद्युत् उत्पादनमा निरन्तर लागिरहने अपी पावर कम्पनीको नेतृत्वमा सोलार विद्युत् उत्पादन हुने भएको छ । देशका विभिन्न ८ स्थानमा सोलार फार्मिङ गरी विद्युत् उत्पादन गर्न लागिएको हो । चन्द्रौटा, सिमरा, चन्द्रनिगाहपुर, परवानीपुर, ढल्केबर, बर्दघाट, कावासोती  (२ फर्म) तय गरिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले इनर्जी मिक्सको अवधारणा अनुरूप गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो । आयोजना प्राधिकरणका सबस्टेसन भएका स्थानको नजिक पर्ने गरी निर्माण हुनेछन् ।  आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्रीका लागि विद्युत् प्राधिकरणसँग पिपिए सम्झौताका क्रममा रहेको छ । 

नेपाल स्टक एक्सचेन्जमा दर्ता भइसकेको कम्पनीका सेयर सूचीकृत हुनुका साथै खुला रूपमा किनबेचका लागि बजारमा उपलब्ध छन् । कम्पनीले सुदूरपश्चिमाञ्चलको दार्चुलास्थित देथला गाविसमा नौगड गाढ जलविद्युत् आयोजना (८.५ मेवा) निर्माण गरिसकेको छ । कम्पनीले सोही आयोजनाभन्दा ७ किलोमिटर माथि पर्ने गरी अपर नौगड गाढ  (८ मेवा)को निर्माण थालिसकेको छ।

नेपाल विद्युत् प्राधिकरणले इनर्जी मिक्सको अवधार    भजााअनुरूप गरेको बिडिङमा कम्पनीले आयोजना निर्माणको टेन्डर पाएको हो कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली–गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ, धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ ।

कम्पनीको हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशूली गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को निर्माण सुरु गरेको छ । धादिङ र नुवाकोटमा आयोजना निर्माण हुनेछ । कम्पनीले हावाबाट विद्युत् निकाल्न आवश्यक सम्भावना खोजी सुरु गरिएकोे छ । कम्पनीमा हाल करिब १४ लाख  सेयरधनी छन् । कम्पनीले आव ०७२÷७३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।